ghar sansar

मन्त्री भण्डारीलाई रुख छपान र भोगाधिकारको प्रक्रिया छिटो छरितो गरि दिन बेदकोटका मेयर बोहराको आग्रह

khasi

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले छेला औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

छेला औद्योगिक क्षेत्र निरीक्षणमा आएका मन्त्री भण्डारीसित उनले सम्पर्क कार्यालय खोल्न, भोगाधिकार छिटो दिलाउन र रुख छपान कटान प्रक्रिया छिटो गर्न आग्रह गरेका छन् ।

dirghayi clinic

‘औद्योगिक क्षेत्र शिलान्यास भएपछि जसरी द्रुत गतिमा काम अघि बढ्नु पथ्र्याे, त्यस्तो हुन सकेको छैन, रुख छपान भई रहेको छ, छपाई भई सकेपछि रुख कटान भएपछि पूर्वाधार संरचनाका काम अघि बढ्ने छन्’ उनले भने,‘त्यस कारण म मन्त्रीज्यूसित सम्पर्क कार्यक्रम यथाशीघ्र खोल्नु आग्रह गर्छु, यस बाहेक रुख छपान र भोगाधिकारको प्रक्रिया छिटोछरितो गरिदिन आग्रह गर्छु ।’

मेयर बोहराले बेदकोट नेतृत्व लिएपछि छेला औद्योगिक क्षेत्र सञ्चालनलाई प्रांथमिकता दिएर अघि बढेका छन् । यस अघि पूर्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुलाई स्थलगत निरीक्षण गराएर छिटो सञ्चालनमा ल्याउन दबाव दिएका थिए ।

मेयर बोहराले छेला औद्योगिक क्षेत्र सञ्चालनको मोडल सम्बन्धी पूर्व मन्त्री बडुसित छलफल गरेका थिए । उनले भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा औद्योगिक क्षे त्र सञ्चालनका लागि सुझाव दिएका थिए ।

मन्त्री बडु नेतृत्वमा उद्योग परिषद्का सदस्य भएपछि उनले बैठकमा समेत छेला औद्योगिक क्षेत्र सञ्चालनका आवाज उठाएका थिए ।

Himal dental
सम्बन्धित
Loading...