ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघ विरुद्ध उभियो बेदकोट बाणिज्य संघ, मन्त्री भण्डारी सहभागी कार्यक्रममै कञ्चनपुर उद्योग बाणिज्य संघलाई बाइपास

little buddha academy
khasi

महेन्द्रनगर । उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको छेला औद्योगिक क्षेत्र निरीक्षण कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्य अनुपस्थित भएका छन् ।

संघले फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा गरेको उद्घाटन कार्यक्रममा भाषण गर्न नपाएका मन्त्री भण्डारीलाई शुक्रबार बेदकोट उद्योग बाणिज्य संघले आमन्त्रण गरी औद्योगिक क्षेत्र निरीक्षण गराएको छ ।

,orning glory badhai

पाँच दिन कञ्चनपुर उद्योग बाणिज्य संघको कार्यक्रममा आएका मन्त्री भण्डारी छेला औद्योगिक क्षेत्र निरीक्षण नगरी फर्र्किएका थिए । आयोजकले बोल्न नदिएपछि उनी मायाको चिनो र खादा मञ्चमा फालेर गएका थिए ।

बाणिज्य संघले बोल्न नदिएर मन्त्रीको अपमान गरेको भन्दै चौतर्फी आलोचना भएपछि बेदकोट उद्योग बाणिज्य संघले मन्त्रीलाई औद्योगिक क्षेत्र निरीक्षण गराएर सम्मान गरेको छ । मन्त्री भण्डारीको निरीक्षण र होटेल हाइवे ग्रिनमा राखिएको कार्यक्रममा संघका पदाधिकारी र सदस्य सबै अनुपस्थित भएका छन् ।

dirghayi clinic

संघले मन्त्री भण्डारीलाई गलत नियतले बोल्न नदिएर समय अभावका कारण छुट्न गएको सार्वजनिक रुपमा माफी मागि सकेको छ । सार्वजनिक रुपमा माफी माग्दा समेत मन्त्री भण्डारी सहभागी कार्यक्रममा संघको प्रतिनिधित्व हुन सकेको छैन ।

कञ्चनपुर उद्योग बाणिज्य संघले छेला औद्योगिक क्षेत्र स्थापनाका लागि सुरुदेखि माग गर्दै आएको छ । २७ वर्ष अघि २०५१ मा छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गरिएको थियो । त्यहीं बेलादेखि उद्योग बाणिज्य संघ औद्योगिक क्षेत्र स्थापनाका लागि सक्रिय रुपमा लागेको छ ।

उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यस पटक छेला सहित दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, मझगाउँ विमानस्थल लगायतका ठूला योजना सञ्चालनका लागि दबाव दिन प्रधानमन्त्री दाहाललाई मेला उद्घाटनमा आमन्त्रण गराएका हुन् । उनी प्रधानमन्त्री दाहाललाई मेला उद्घाटनका लागि ल्याउन केही दिन काठमाडौंमा बसेका थिए ।

उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीलाई भाषणा नगर्न नदिएपछि अध्यक्ष सहित बाणिज्य संघको टीम आलोचनामा परेको छ । उद्घाटनमा भाषण गर्न नदिएको निहुँमा मन्त्री भण्डारी सहभागी कार्यक्रममा उनी सहित संघका पदाधिकारी र सदस्य अनुपस्थित हुने अवस्था आएको छ ।

बेदकोट उद्योग बाणिज्य संघको अध्यक्ष संघका पूर्व महासचिव शंकर बहादुर चन्द अध्यक्ष छन् । संघका पूर्व महासचिव अध्यक्ष भएको संस्थाको कार्यक्रममा संघलाई बाइपास गरिएको छ ।

मन्त्री भण्डारी सहभागी कार्यक्रममा संघका पूर्व अध्यक्षद्वय हेमराज पाण्डेय र शिवराज पाण्डेय भने सहभागी भएका छन् । बाणिज्य संघका पदाधिकारी र सदस्य बाहेक मन्त्री भण्डारीलाई आमन्त्रण गरी निरीक्षण गर्ने बेदकोट उद्योग बाणिज्य संंघका अधिकाँश पदाधिकारी र सदस्य अनुपस्थित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...