ghar sansar

न्यू सरस्वती विद्या मन्दिरको २० औं वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ऐरीस्थित न्यू सरस्वती विद्या मन्दिरले विविध कार्यक्रमका साथ २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अमराज भट्टले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले २०६० सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्मको पढाई भईरहेको जानकारी दिए ।

,orning glory badhai

उनले भने, ‘हामीले भाडाको जमिनमा विद्यालय सञ्चालनमा ल्याएका थियौं, अहिले कक्षा २ सम्म त्यसै भवनमा र कक्षा ३ देखि १२ सम्म नयाँ दुईतले भवनमा पढाई भईरहेको छ ।’

dirghayi clinic

उनले थपे, ‘हामीले एस.इ.ई. परीक्षा लगायतका कक्षा १२ को परीक्षामा समेत उत्कृष्ठ नतिजा ल्याउँदै आएका छौ, यसै गरी अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शेक्षिक भ्रमण लगायतका क्रियाकलाप गर्दैै आएका छौ ।’

कार्यक्रममा शैक्षिकदेखि विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मानका साथै प्रमाणपत्र र ट्रफी वितरण गरिएको
छ । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुरेससिंह भण्डारीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापा, १३ का वडा अध्यक्ष रामबहादुर बोहरा, १७ का वडा अध्यक्ष पदम बुढा, निङ्गलाशैनी माविका प्रधानाध्यापक भवानीप्रसाद पन्त, सिटिईभिटि सुदूरपश्चिम प्रदेश कार्यालयका तालिम संयोजक जिवनदत्त पन्त बिशिष्ठ अतिथी रहेका थिए ।

शिक्षक केशवराज पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...