ghar sansar

मन्त्री भण्डारी आज फेरि कञ्चनपुर आउँदै, छेला औद्योगिक क्षेत्रको कार्यालय उद्घाटन गर्ने

khasi

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति दामोदर भण्डारी फेरि कञ्चनपुर आउन लागेका छन् । बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्रको कार्यालय उद्घाटनका लागि मन्त्री भण्डारी दिउँसो आउन लागेका छन् ।

उनी शुक्रबार औद्योगिक क्षेत्र निरीक्षण गरी गृह जिल्ला बैतडी गएका थिए । गृह जिल्लामा विभिन्न कार्यक्रममा सहभागी भएर मन्त्री भण्डारी औद्योगिक क्षेत्रको कार्यालय उद्घाटनका लागि आउन लागेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कुपाराम रानाले मन्त्री भण्डारीले जडेपानीमा औद्योगिक क्षेत्रको कार्यालय उद्घाटन गर्ने जानकारी दिए ।

dirghayi clinic

तीन दिन अघि स्थलगत निरीक्षणका क्रममा मन्त्री भण्डारीले सोमबार कार्यालय उदघाट्न गर्ने जानकारी गराएका थिए । उनले दुई साताभित्र औद्योगिक क्षेत्रको भोगाधिकार हस्तान्तरण गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । त्यसपछि ओली नेतृत्वको सरकार ढलेपछि औद्योगिक क्षेत्रमा रुख छपान कार्य अघि बढेको छ ।

मन्त्री भण्डारीले यस अघि अर्थ राज्यमन्त्री हुँदा पनि औद्योगिक क्षेत्र सञ्चालनका लागि सक्रियता देखाएका थिए । अहिले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएपछि उनले औद्योगिक क्षेत्र सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

भण्डारी मन्त्री भएपछि एमाले नेता एवम् मन्त्री संविधान सभा सदस्य रानाले उनलाई औद्योगिक क्षेत्र सञ्चालनका लागि प्राथमिकता दिएर अघि बढाउन आग्रह गरेका थिए । राना औद्योगिक क्षेत्र सञ्चालन हुने वडाका वासिन्दा हुन् ।

‘औद्योगिक क्षेत्र स्थापनाका लागि लामो समयदेखि पहल गर्दै आएका छौ, यो घोषणा भएको ३० वर्ष पुग्नै लागेको छ, आज कार्यालय उद्घाटन भएपछि अन्य कार्य अघि बढ्न भन्नेमा हामी सबै आशावादी छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...