पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका–३ का स्थानियहरु रातीको समयमा चयनले सुत्न पाउँदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने स्थानियबासीहरु आराम गर्ने सपना करिब एक महिना देखि पूरा भएको छैन ।
कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडवाल टोल भारतीय जंगलसंग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित हुदै आएका छन् । बडवाल टोलका लागी यो कुनै नौलो कुरा भने हैन् ।
जगबुडा नदीको पारि तथा भारतको उत्तराखण्डको भारतीय जंगलसंग जोडिएको करिब तिन सय बढी घरधुरी स्थानीयवासीलाई दिनभरि काम गरेर राति आराम गर्ने बेलामा हात्ती धपाउनु पर्ने बाध्यता छ् ।
जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडवाल टोलका स्थानिय लक्ष्मी राना क्षेत्रीको भनाई छ् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनि बताउछन् ।
बडवाल टोल भारतिय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । नेपाल—भारत संग जोडिएको दोधारा चाादनी नगरपालिकाको बडवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका लक्ष्मी राना क्षेत्रीले बताएका छन् ।
‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय लक्ष्मी क्षेत्रीले भनिन् । केही वर्ष अघि सोलार फेन्सीङ र सोर्य बत्ती बिग्रीएपछि जंगली जनावर निर्बाधरुपमा बस्ती पस्ने गरेको र बस्तीमा आतंक मच्चाउने गरेको स्थानीय लक्ष्मी राना क्षेत्रीले बताएका छन् ।
मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठुलो समस्यामा पर्दै आएको स्थानियहरुको गुनासो छ् । रातीको समयमा हात्तीले सुतेको नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समस्या भएको अर्का स्थानियबासी आशा राना क्षेत्रीको भनाई रहेको छ् ।
गएराती नजिकको भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीले एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँ खेती खाएर तथा उधनेर नष्ट गरेको स्थानिय आशा राना क्षेत्रीले बताएका छन् । बडवाल टोलमा सरकारले समस्या समाधान गर्न उदासीन देखाउदै आएको स्थानीयवासीले बताएका छन् ।
‘सरकारले जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्छ’ आशा राना क्षेत्रीले भने– ‘यहाँ त हामीलाई कतिबेला राती हात्तीले ज्यान लिने हो भन्ने हामीमा त्राश छाएको छ् ।’
हिजो समसाँझै बस्ती भित्रिएको जंगली हात्तीको बिहान मात्रै जंगल फर्केको बताएका छन् । हात्तीले गाउ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ् ।