
एमाले नेता रानाले गराए औद्योगिक क्षेत्रसम्म दैजीबाट चार लेन सडक र पहुँच मार्ग कालोपत्रे बनाउन मन्त्री भण्डारीको ध्यानाकर्षण
महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कृपाराम रानाले दैजी छेला औद्योगिक क्षेत्र पहुँच मार्ग कालोपत्रे र दैजी छेला सडक चार लेन बनाउन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएका छन् ।
बेदकोट नगरपालिका २ जडेपानीस्थित औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका हुन् । उनले मन्त्री भण्डारीलाई यी दुबै निर्माण कार्यलाई उच्च प्राथमिकता दिनु आग्रह गरे ।
‘यो औद्योगिक क्षेत्र बनाउन धेरै अघिदेखि लाग्दै आएका छौ, आज यो सम्पर्क कार्यालय खोलिएपछि आशाको दियो बलेको छ’ उनले भने,‘अब औद्योगिक क्षेत्रसम्मको दैजीबाट चार लेन सडक र पहुँच मार्ग कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिन मन्त्रीज्यूलाई आग्रह गर्छु ।’
संविधान सभा सदस्य समेत रहेका रानाले चार लेन सडक र पहुँच मार्ग दुबैले औद्योगिक क्षेत्रको विकासमा गति आउने विश्वास व्यक्त गरे ।
