ghar sansar

निजामती कर्मचारीका नेता जोशीले पाए पेशागत महासंघको नेतृत्व

dirghayu ad

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादी सम्बद्ध पेशागत महासंघ नेपाल कञ्चनपुरको अध्यक्षमा देवदत्त जोशी चयन भएका छन् । यस अघि एकीकृत सरकारी कर्मचारी संगठन नेपालको केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष रहेका जोशी मंगलबार जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका छन् ।

सरकारी सेवाबाट उमेर हदका कारण केही महिनापछि अवकाश लिन अघि उनी पेशागत महासंघको नेतृत्व लिएका छन् । एमालेको निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष निर्वाचित भएका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीको कर्मचारी संगठनमा आवद्ध भएका थिए ।

ratnam malkhad

कर्मचारी संगठनभित्र इमान्दार, लगनिशल र स्वच्छ छविका कर्मचारीका रुपमा जोशी परिचित छन् । पेशागत महासंघको अधिवेशनबाट उनको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमटिी गठन गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...