दोधारा । दोधारा चाँदनी नगरपालिकामा सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ निवासी वर्ष अन्ताजी १७ का करन चन्दको सडक दुर्घटनामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।
आज दोधारा चाँदनी नगरपालिका वडा नं. ९ आमभोज नजिक सुप्रप ०२००४ प ०८४४ को मोटरसाईकल सडकमा अनियन्त्रित भएपछि मोटरसाईकलमा सवार करन चन्द र बिबेक बिष्ट घाईते भएका हुन् । उपचारको क्रममा भारतको बेरेली लग्दै गर्दा बाटैमा करन चन्दको ज्यान गएको बताईएको छ् ।
करन चन्दसंग मोटरसाईकलमा सवार सोही वडा निवासी वर्ष अन्ताजी १६ का बिबेक बिष्टलाई प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारपछि थप उपचारको लागी भारतको खटिमा लगिएको बताईएको छ ।
गम्भिर घाईते भएका चन्दको उपचारको क्रममा भारतका बरेली लग्दै गर्दा बाटैमा मृत्यु भएको बाबाथान प्रहरी चौकीका ईन्चार्ज असई चक्र बहादुर सिंहले पुष्टि गरेका छन् ।