ghar sansar

स्वावलम्बी बन्न सीप सिक्दै दोधारा चाँदनीका महिला

khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका – ५ शेरा टोलकी शान्ति सुनार ३६ वर्षकी भईन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण सिप सिकेर केही गर्ने ईच्छामा छन् । थोरै जग्गा जमिन भएको कारण आर्थिक कठिनाईनै छ् । श्रीमान भारतमा नोकरी गर्न गएका छन् ।

गाँउमै रोजगारी नपाएपछि श्रीमान् भारतमा नोकरी गर्न गएको शान्तीले बताए । ‘गाँउमै सिप सिकेर आत्मनिर्भर बन्दै व्यवसायिक बन्ने गरी डोरी बनाउने तालिम सिक्न आएकी छु ।’ आज भोली दोधारा चाँदनी नगर क्षेत्र लगायत क्षेत्रमा महिलाको श्रृङ्गारको रुपमा डोरी लगाउने निकै प्रचलन बढेको उनले बताइन् ।

Anant bahu travels

सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाको आयोजना र दोधारा चाँदनी नगरपालिका– ५ को सहयोगमा सञ्चालन भईरहेको एक हप्ते डोरी बनाउने तालिममा आशा सुनार लगशिलन भएर सिप सिक्दै आएका छन् । तालिम पश्चात आशाले डोरी बनाएर जीविका चलाउने आशामा छन् ।

आशा सुनार जस्तै सोही वडाका अर्का स्थानिय महिला मिना खत्री डोरी बनाउने तालिममा सहभागी छन् । तालिमपछि घरमै बसेर व्यापार व्यवसाय गरे गाँउमै रोगजारी सिर्जना हुनेमा विश्वस्त रहेकी छन् । तालिमका प्रशिक्षक तथा आयोजक संस्थाले सिप सिकेर ब्यवसाय गर्न निकै उत्प्ररित गराएको मिना खत्रीले बताइन् ।

dirghayi clinic

अरुको देशमा गएर नोकरी गर्नु भन्दा सिप सिकेर गाँउमै सिप सिकेर व्यवसाय गर्दा आर्थिक समस्या नहुने खत्रीले बताईन् । सिप सिकेपछि कुनै खेर नजाने भएकाले व्यवसायी र स्वरोजगार बन्नका लागि गाँउमै मेहनत र परिश्रम गर्नु पर्नेमा खत्रीले जोड दिएकी छन् ।

सिप सिकेर व्यवसायिक रुपमा काम गर्दा मनग्य रुपमा आम्दानी हुने खत्रीको भनाई रहेको छ् । तालिममा सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका नन्दा खत्री, धनसरा चन्द, खिमा चन्द लगायत आयोजक टोलीलाई मिना खत्रीले धन्यवाद दिएका छन् ।

शान्ती सुनार र मिना खत्री जस्तै दोधारा चाँदनी– ५ का २५ जना महिला यतिबेला महिलाहरुको श्रृङ्गारको समान डोरी बनाउने तालिममा लिईरहेका छन् । सिप सिकेर दक्षता संगै क्षमता अभिवृद्धी गरी महिलाहरु आत्मनिर्भर बन्न सकोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले बताइन् ।

महिलाहरु बेरोजगार भएर अरुको मुख ताकेर बस्न नहुने अध्यक्ष खत्रीको भनाई रहेको छ । महिलाहरुले पुरुषले मात्र कमाई गर्नुपर्छ, महिलाले कुनै पनि काम गर्नु हुदैन भन्ने सोचको अन्त्य गर्दै समाजको विकास गर्न तालिम संचालन गरिएको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले महिलाहरुको क्षमता अभिवृद्धिसंगै व्यवसायिक बनाएर परनिर्भरताको अन्त्य गर्नका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको तालिमका सहभागीहरुले बता ।

Himal dental
सम्बन्धित
Loading...