ghar sansar

पुनर्वासमा पनि सन्त निरंकारी मण्डलको सरसफाई

khasi

पुनर्वास । सन्त निरंकारी मण्डल नेपाल पुनर्वासद्वारा पुनर्वास नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको सरसफाइ कार्यक्रम गरिएको छ ।

निरंकारी मिशन का गुरु सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा ‘स्वच्छ जल, स्वच्छ मन, स्वच्छ जल, स्वच्छ नल’ भन्ने निरंकारी सत्गुरु माता जीको पवित्र उद्गारलाई कार्यान्वयन गर्ने सिलसिलामा निःस्वार्थ भावनाले वडा कार्यालय परिसरमा सरसफाइ गरिएको हो ।

Anant bahu travels

सन्त निरंकारी मण्डल पुनर्वास का ज्ञान प्रचारक तथा प्रमुख रामप्रसाद गुरूङ को संयोजकत्वमा मण्डल का मुखी दिलबहादुर लामिछाने , मुखी माता माया गुरूङ सेवादल ईन्चार्ज बेलबहादुर सुनार , सेवादल शिबु रानामगर , रबि गुरूङ , उमा बिक पुनर्वास नगरपालिका ४ का वडा अध्यक्ष मनोज सापकोटा जैशी लगायतको उपस्थितिमा वडा कार्यालय परिसर तथा नजिकै रहेको राधाकृष्ण मन्दिर परिसर मा सरसफाइ कार्यक्रम गरेको हो ।

dirghayi clinic

वडा अध्यक्ष मनोज सापकोटा जैशीले सन्त निरंकारी मण्डल पुनर्वास परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । सरसफाइ अभियान पश्च्यात बृहत सत्संग को आयोजना एबं सामुहिक प्रसाद कार्यक्रम तथा निरंकारी मिशन संग सम्बन्धित एबं ज्ञान बिज्ञान बिषयमा मण्डल का सेवादल भाइबहिनी हरूबिच हाजिरजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

सत्संगको मुख्य वाचनमा सन्त निरंकारी मिशनको भक्तिभाव विचार राख्दै ज्ञान प्रचारक रामप्रसाद गुरूङले गुरुको अर्थ निराकार परमात्मा को साकार रूप हो भन्नुभयो । निराकार परमात्माको जानकार दिने गुरूको जन्मोत्सव का अवसरमा बिबिध कार्यक्रम तथा सदगुरूको विचार आदानप्रदान गरिएको उनले बताए ।

अहिले संसारमा अधिकांश मानव लोभ मोह, अहंकार मा अल्झिएको छ जसले गर्दा दिनानुदिन समाजमा बिभिन्न विकृति विसंगति एवम् हत्या हिंसा बढिरहेको छ , सन्त निरंकारी मिशन यस्तो संस्था हो जसले मानवलाई मानवताको सभ्यता सिकाउँछ , जसले मानवलाई संसारमा ल्यायो परमपिता परमात्माको भक्ति ग्रहण गर्न सिकाउँछ भक्ति कसैको लागि नभई नितान्त आफ्नो लागि हो ज्ञान प्रचारक महात्मा रामप्रसाद गुरूङले महान वाणीमा बताए ।

उनले निरंकारी मिशन कुनै धर्म, सम्प्रदाय नभई आध्यात्मिक विचार मनन गर्नु रहेको तथा निरंकारी मिशनमा जोडिएपछि गुरूबाट प्राप्त हुने ब्रह्मज्ञान लाई गहिराईले मनन गरि लाभ लिन सकिने विचा व्यक्त गरे । ज्ञान प्रचारक रामप्रसाद गुरूङले निरंकारी मिशनमा जोडि सकेपछि कुनै मानव सानो ठुलो हुंदैनन सबै बराबर हुने गर्छ । यहाँ मानवताको पाठ सिकाईन्छ , अनुशासन र संस्कार सिकाईन्छ । जस मानवले गुरूको शरणमा आएर ज्ञान प्राप्त गर्छ संधै सुख शान्ति मा रहन्छ गुरूङले विचारमा व्यक्त गरे ।

दानवरूपि मानिसलाई मानवताको व्यवहारमा परिवर्तन गर्न सक्ने निरंकारी मिशनमा समय छदै गुरूको शरणमा जोडिनुपर्ने मण्डल का मुखी महात्मा दिलबहादुर लामिछानेले आफ्नो विचारमा जोड दिए । कार्यक्रम सञ्चालन सेवादल विद्यार्थी किरण सुनारले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...