ghar sansar

बाढी पीडित विपन्न वस्तीमा पुग्यो मेयर लिम्बुको ध्यान, कुतियाकवर वस्तीमा ४० लाखको आश्रय गृह बनाउने निर्णय

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका कुतियावकर क्षेत्रमा सुरक्षित आश्रय गृह बनाइने भएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आइतबार बसेको बैठकबाट आश्रय गृह बनाउने निर्णय गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको अनुरोधमा निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगायत संस्थाले कुतियावकर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न लागेका छन् ।

lotus institite

दोधारा चाँदनी नगरपालिका क्षेत्रको बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न झण्डैं ४० लाख लाग्ने अनुमान गरिएको मेयर किशोर लिम्बुले बताए ।

बाढीको बेला महिला, बालबालिका, अपांग, सुत्केरी महिला, अशक्तहरुको ज्यान जोगाउनुको साथै उनिहरुको आवश्यक खाद्यान्न तथा लत्ता कपडालाई सुरक्षित राख्न सकिने गरि निमार्ण गरिने दोधारा चाँदनी नगरपालिका कार्यालयका फोकल पर्सन रघुनाथ भट्टले बताए ।

daimond public

सुरक्षित आश्रय गृह निमार्ण कार्यको लागी बिभिन्न संघ–संस्था संग दोधारा चाँदनी नगरपालिका कार्यालयले समन्वय गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको तथा बाढीको अति संबेदनशिल बस्ती रहेको हुदा कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल बनाउन बिगत लामो समय देखि स्थानियहरुले माँग गर्दै आएका हुन् ।

दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुको पहलमा आश्रय स्थल निमार्णको लागी तयारी सुरु गरिएको बताईएको छ् । कुतियावकर बस्तीमा झण्डै ४२ घरधुरी छन् ।

महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी बाढीले लाखौको धनमालका क्षति पुÞ¥याउँदै आएको छ । बाढीको कारण मानविय क्षतिको त्रास पनि त्यतिकै रहन्छ् । बस्तीमा मानविय तथा धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण गर्नको लागी योजना अघि बढाईएको हो ।

आजको बैठकमा दोधारा चाँदनी नगरपालिका मेयर लिम्बु सहित उप मेयर गंगा दबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भान देब भट्ट, बिपद् फोकल पर्सन रघुनाथ भट्ट, लेखा अधिकृत यज्ञराज लेखक, ईन्जनियर दिपेन्द्र राज भट्ट, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का गणेश ठगुन्ना, निड्स नेपाल कञ्चनपुरका प्रयाग राज रेग्मी, नबिन भण्डारी, ईश्वर उपाध्याय लगायतका सहभागी भएका छन् ।

‘दोधारा चाँदनी– १० स्थित कुतियावकर क्षेत्र बाढीको उच्च जोखिममा रहेको हुदा उक्त क्षेत्रमा सुरक्षित आश्रय गृह निमार्ण गर्न अतिआवश्यक भएकोले सुरक्षित आश्रय स्थल निमार्णको लागी यसै क्षेत्रमा कार्यरत निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) संस्थाहरु संगको समन्वयमा प्रकृया अघि बढाउने र कुतियावकरमा रहेको सामुदायिक बिपद् ब्यवस्थापन समिति मार्फत कार्यान्वय गराउने निर्णय गरियो’ बैठकको निर्णयमा भनिएको छ् ।

बैठकले सुरक्षित आश्रय गृह निमार्णको लागि जग्गा व्यवस्थापनको लागि सार्वजनिक जग्गा तथा दान दानतब्य प्राप्त गरी सोही जग्गामा निमार्ण गर्ने निर्णय गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...