ghar sansar

शुक्लाफाँटामा कक्षा १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले विद्यार्थीहरुलाई अतिरिक्त कक्षा दिइरहेको छ। नगरपालिकाभित्रका १३ माध्यमिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन भइरहेका हुन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले अतिरिक्त कक्षा दिइरहेको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए ।

‘एसईईमा उत्कृष्ट नतिजा ल्याउनका लागि तीन विषयको अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘विद्यालय समय बाहेक कम्तिमा ३५ दिन विज्ञान, गणित र अंग्रेजी विषयको अध्यापन गराउन सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छौं ।’

,orning glory badhai
dirghayi clinic

शिवशक्ति मावि कालागौडी, सिद्धबैजनाथ मावि बन्शाह, राष्ट्रिय मावि पिपलाडी, श्रीकृष्ण मावि झलारी, सरस्वती मावि कलुवापुर, बैजनाथ मावि कसरौल, धर्मजनता मावि स्टेशनपुरमा अतिरिक्त कक्षा सञ्चालन भइरहेका छन्। यस्तै सिद्धनाथ मावि बेलडाडी, कालिका मावि असैना, शिवशंकर मावि गर्जमुनी, जनजागृती मावि गणेशपुर, असिग्राम मावि सिसैया, कृष्ण मावि सिमलफाँटामा अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेका छन् । माघ १ गतेबाट निशुल्क रुपमा अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेका हुन् ।

एसईईमा शुक्लाफाँटालाई जिल्लामै उत्कृष्ट नतिजा ल्याउने पालिका बनाउन शिक्षा शाखा र शिक्षकहरुलाई नगर प्रमुख रणबहादुर महराले निर्देशन दिएका छन् ।

‘कोरानाका कारणले विद्यार्थीहरुको शैक्षिक अवस्था कमजोर बनेको छ, नगरका सबै विद्यालयहरुमा अतिरिक्त कक्षा सञ्लान गर्न र एसईईमा उत्कृष्ट नतिजा ल्याउने गरि काम गर्न शिक्षा शाखा र विद्यालयलाई निर्देशन दिएका छु,’ उनले भने, ‘अहिले विद्यालयहरुमा अतिरिक्त कक्षाहरु सञ्चालन भएका छन् ।’

Himal dental
सम्बन्धित
Loading...