ghar sansar

बागफाँटाको लक्ष्मी माविमा नयाँ शैक्षिक सत्रबाट नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यामिक विद्यालयको ४० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रमका साथ मनाइएको छ । सुुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

यस अघि विद्यालयले प्रमुख अतिथिका लागि कञ्चनपुर क्षेत्र नं. ३ का साँसद रमेश लेखकलाई आमन्त्रण गरेको थियो । साँसद लेखकको घरमा पुगेर प्रमुख अतिथिका लागि आमन्त्रण पत्र दिइएको थियो । राष्ट्रिय राजनीति फेरिएर साँसद लेखकले काठमाडौबाट आउन सक्ने अवस्था नआएपछि रावल प्रमुख अतिथि भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रधानाध्यापक परमानन्द नाथले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको उल्लेख गर्दै नयाँ शैक्षिक सत्रमा कार्य योजना सहित अघि बढ्ने बताए ।

dirghayi clinic

प्रधानाध्यापक नाथले नयाँ र्शैक्षिक सत्रबाट नर्सरीदेखि नै कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने, आईसिटी जडान चिल्डेन पार्क, खानेपानी, सफ्टबेयर सुचना प्रणाली, खेल मैदान, डिजिटल कक्षा, अतिरिक्त कक्षा संचालन गर्ने योजना बनाएको जानकारी दिए ।

कार्यक्रममा विद्यालयको बृद्धि विकासका योगदान पु¥याएका केही पूर्व पदाधिकारी, शिक्षक, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, भीमदत्त नगरपालिका १९ का वडा अध्यक्ष जग्गुराम चौधरी लगायत सहभागी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रावलले विगतमा पनि आफुले सहयोग गरेको र अहिले पनि गर्ने प्रतिबद्धता गरे । विद्यालयका सहायक प्रद्यानाध्यापक प्रेम प्रकास जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...