ghar sansar

कञ्चनपुरका तीन विद्यालयका प्रधानाध्यापक मावि द्वितीय श्रेणीमा बुढवा

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । माध्यमिक तहमा द्वितीय श्रेणीमा बढुवा भएका तीन जना प्रधानाध्यापकले सोमबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबाट नियुक्ति बुझेका छन् । शिक्षक सेवा आयोगबाट तृतीय श्रेणीका उनीहरु द्वितीय श्रेणीमा बढुवा भएका छन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझा सहित दोधारा चाँदनीको भानु माविका यज्ञराज पण्डित र बेदकोटको गयलनदीस्थि बैजनाथ माविका पदम बोहरा बढुवा भएका छन् ।

ratnam malkhad

उनीहरु तिनै जनाले सोमबार एक साथ बढुवाको नियुक्ति बुझेका छन् । समन्वय इकाई प्रमुख दिपकराज कलौनीले उनीहरुलाई बढुवाको नियुक्ति पत्र प्रदान गरेका छन् ।

मावि द्वितीय श्रेणीमा बढुवा भएपछि उनीहरु निजमातीको उप सचिव सरह सेवा सुविधा पाउने छन् । कञ्चनपुरमा निजामतीको सह सचिव सरहको मावि प्रथममा बैजनाथ माविका प्रधानाध्यापक हरिराज विष्ट र निङ्गलाशैनी माविका प्रधानाध्यापक भवानीप्रसाद पन्त छन् ।

शिक्षक सेवा आयोग नियमावली (संशोधन) २०७७ अनुसार कार्य सम्पादन मूल्याङ्कनका आधारमा उनीहरु बढुवा गरिएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...