ghar sansar

समसामयिक विषयमा नगर स्तरीय संवाद कार्यक्रम

महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले समसामयिक विषयमा सरोकारवाला निकायसंग भीमदत्त नगर स्तरीय संवाद कार्यक्रम गरेको छ ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, अधिकारकर्मी, नागरिक समाज लगायतका विभिन्न क्षेत्रका सहभागी भएका छन् ।

केन्द्रका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा उप मेयर जोशीले युवाहरु लागु औषध दुव्र्यसनको कुलतमा फस्दै गएकाले सरकारी तथा गैर सरकारी सबै निकायले गम्भीर हुनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा, ४ का अध्यक्ष सुशिल कुमार भट्ट, ११ का अध्यक्ष प्रकाश थापा, ९ का अध्यक्ष गगन सिह कार्की, वडा सदस्य कालुराम चौधरी, अधिकारकर्मी भगवती थापा, नरेश सिलाल, प्रहरी निरीक्षक विनु शाही, कुन्ती लेखक लगायतले समसामयिक विषयमा आ–आफ्नो धारणा राखे ।

केन्द्रले मिजोमिरियर नेपालको सहयोगमा भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत संवाद गरिएको छ ।यस अघि बेदकोट नगर स्तरीय संवाद कार्यक्रम गरिएको थियो ।

केन्द्रका कार्यक्रम संयोजक डम्बरी विष्ट कुँबरले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Himal dental
सम्बन्धित
Loading...