ghar sansar

समसामयिक विषयमा नगर स्तरीय संवाद कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले समसामयिक विषयमा सरोकारवाला निकायसंग भीमदत्त नगर स्तरीय संवाद कार्यक्रम गरेको छ ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, अधिकारकर्मी, नागरिक समाज लगायतका विभिन्न क्षेत्रका सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

केन्द्रका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा उप मेयर जोशीले युवाहरु लागु औषध दुव्र्यसनको कुलतमा फस्दै गएकाले सरकारी तथा गैर सरकारी सबै निकायले गम्भीर हुनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा, ४ का अध्यक्ष सुशिल कुमार भट्ट, ११ का अध्यक्ष प्रकाश थापा, ९ का अध्यक्ष गगन सिह कार्की, वडा सदस्य कालुराम चौधरी, अधिकारकर्मी भगवती थापा, नरेश सिलाल, प्रहरी निरीक्षक विनु शाही, कुन्ती लेखक लगायतले समसामयिक विषयमा आ–आफ्नो धारणा राखे ।

केन्द्रले मिजोमिरियर नेपालको सहयोगमा भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत संवाद गरिएको छ ।यस अघि बेदकोट नगर स्तरीय संवाद कार्यक्रम गरिएको थियो ।

केन्द्रका कार्यक्रम संयोजक डम्बरी विष्ट कुँबरले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Himal dental
सम्बन्धित
Loading...