
महेन्द्रनगर । शुभ कामना टोल बिकास संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको तदर्थ समितिका अध्यक्ष हरिश सिह सामन्तको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका निर्वर्तमान आर्थिक मामिला मन्त्री प्रकाश रावल प्रमुख अतिथि थिए ।
संस्थाका सल्लाहकार महेश दत्त भट्टले सञ्चालन गरेको कार्यक्रममा भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, भीनपा सामाजिक विकास अधिकृत गोमती अवस्थी, भिनपा ४ शिबभक्ति टोलका अध्यक्ष गोबिन्द सिंह बिष्ट र वडा नं ४ का कर्मचारी बिस्ना भट्ट लगायतका कार्यक्रममा सहभागी भएका छन् ।

भीनपा ४ एयरपोर्ट रोड उत्तर, आर एन ट्रेडर्स देखिको सडक छेउ र पूर्व नहर दक्षिण तथा सडक,नहर पश्चिम चार किल्ला बिचको जमिनमा घरेडी किनेका परिवारलाई संस्थाले समेट्नुका साथै प्रस्तावित विधान समेत पारित गर्ने निर्णय गरिएको छ ।
साधारण सभाको बन्द सत्रबाट आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गरिएको छ । साधारण सभाबाट हरिश सिह सामन्तको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष महेश बहादुर सिह, उपाध्यक्ष बिनोद बडु, उपाध्यक्ष रितु कुंबर महासचिव प्रकाश चन्द्र बडु,सचिव केशब बहादुर थापा, सचिव नेहा शाही, कोषाध्यक्ष दुर्गा देबि भट्ट र सदस्यहरूमा हेमा चौधरी,बसन्तराज भट्ट,दिल बहादुर धामी,भागरथी पन्त भट्ट,पुर्ण बहादुर सिह क्षेत्री चयन भएका छन् ।
कार्य समिति चयनका लागि संस्थाका सल्लाहकार महेश दत्त भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
