ghar sansar

क्यान्सरबाट मृत्यु भएकी लुहारको परिवारलाई भीमदत्तका मेयर उप मेयर गरे व्यक्तिगत रुपमा सहयोग

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले क्यान्सरबाट मृत्यु भएकी ५५ वर्षिया हिरा लुहारको परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र उपप्रमुख नीलम लेखक जोशीले वडा नं. १३ की लुहारको परिवारलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

आइतबार नगर प्रमुख बोगटी,उप–प्रमुख जोशी र वडा नम्बर १३ का वडाध्यक्ष रामचन्द्र बोहराले लुहारको परिवारलाई भेटघाट गरी आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।

ratnam malkhad

वडाध्यक्ष बोहराले विपन्न परिवारकी महिलाको पाठेघरको क्यासरका कारण मृत्यु भएको खबर सुनाएपछि केही आर्थिक र खाद्यान्न सामाग्री सहयोग गरिएको नगर प्रमुख बोगटीले बताउनुभयो ।

क्यान्सर रोगबाट मृत्यु भएकी विपन्न,दलित परिवारकी हिराको परिवारलाई आफुहरुले व्यक्तिगत रुपमा केही आर्थिक रकम र चामल, दाल, फलफुल, नुन, तेल, चिनि, लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको नगर उपप्रमुख जोशीले बताइन् ।

‘बहिनीको पाठेघरको क्यानसरले आज मृत्यु भयो ।’ मृतक हिराको दिदि रिठि लुहारले भन्नुभयो ‘आर्थिक अवस्था कमजोर,किरियाकाज गर्न, अन्न(खाद्यान्नं)को समस्या थियो ।’

Himal dental
सम्बन्धित
Loading...