महेन्द्रनगर । नयाँ वर्ष २०८० को अवसरमा शुभ कामना आदानप्रदान गरिएको छ । व्यवसाय विकास तथा अनुसन्धान केन्द्र कञ्चनपुर, महिला सशक्तीकरण समाज र शुभकामना टोल विकास संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेका छन् ।
कार्यक्रममा तिनै स्स्थाका पदाधिकारी र सदस्यलाई बधाई तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
व्यवसाय विकास तथा अनुसन्धान केन्द्र कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष गोबिन्द बल्लभ पन्त लगायत ११ जनाको कार्य समिति, महिला सशक्तिकरण समाजका अध्यक्ष दुर्गा देबी भट्ट लगायत ११ जना र शुभकामना टोल विकास संस्थाका अध्यक्ष हरिश सिह सामन्त लगायत १५ जनाको समितिलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
महेशदत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा सूरपश्चिम प्रदेश सभाका सदस्य मधुदेवी भारती प्रमुख र भीनपा ४ का अध्यक्ष सुशिल कुमार भट्ट विशिष्ठ अतिथि थिए ।