ghar sansar

भीम रावललाई पार्टी जिम्मेवारीमा फर्काउने एमाले तयारी, पौडेल नेतृत्वको समितिले थाल्यो संवाद

khasi

महेन्द्रनगर । लामो समयदेखि पार्टीको जिम्मेवारी भन्दा बाहिर रहेका नेकपा एमालेका नेता डा. भीम बहादुर रावललाई जिम्मेवारी दिने प्रक्रिया थालिएको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको तीन सदस्यीय वार्ता टोलीले उनलाई पार्टी जिम्मेवारीमा फर्काउन लागि संवाद थालनी गरेको हो ।

डा.रावलसँग आइतबार पहिलो चरणको संवाद भएको थियो। पार्टी मुख्यालय च्यासलमा पौडेल नेतृत्वको टोलीमा सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको टोलीले संवाद गरेको हो ।

पार्टीको मिसन ग्रास रुट अभियानको सुदूरपश्चिम कमान्डर रहेका पौडेल सुदूरपश्चिममा जाँदा रावलसँग टकराव उत्पन्न भएको थियो। त्यसपछि एमालेले उनलाई पार्टीको जिम्मेवारी ल्याउन संवाद सुरु गर्ने निर्णय गरेको थियो ।

dirghayi clinic

‘संवाद सकारात्मक रुपमा सुरु भएको छ, पार्टीका तर्फबाट उहाँलाई के जिम्मेवारी दिने भन्ने बारेमा पार्टीले निर्णय गर्नेछ तर अहिले पार्टीको विविध विषयमा छलफल भएको छ, उहाँ पार्टीकै पक्षमा सकारात्मक हुनुहुन्छ’, संवाद समितिका सदस्य कर्ण थापाले भने ।

चैत १८ गते शनिवार एमालेको सचिवालय बैठकले उपाध्यक्ष पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । सो समितिले आइतबार बिहान संवाद गरेको हो। पूर्व उपाध्यक्ष रावल दसौँ महाधिवेशनपछि जिम्मेवारी विहीन भएका थिए । पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमासमेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा लगाइएको थियो ।

सुदूरपश्चिममा पकड कायम राखेका रावललाई पार्टीले नै उनलाई टाढा राखेको उनको आरोप लागेको छ । यसपालि त प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीसमेत दिन दिइएको थिएन ।

दसौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका रावल पार्टीको जिम्मेवारी विहीन रहेका थिए । एमालेभित्र रावललाई कारबाही नगर्न दबाब रहेको छ। जसले गर्दा एमालेले संवाद गरेर नै पार्टीमा जिम्मेवारी दिने निर्णय गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...