ghar sansar

बेदकोटमा स्वास्थ्यको अर्ध वार्षिक समीक्षा सुरु

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकामा पालिका स्तरीय दुई दिने स्वास्थ्य सम्बन्धि अर्ध वार्षिक समीक्षा सुरु भएको छ ।

कार्यक्रम बुधबार वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टको अध्यक्षतामा तथा वेदकोटका नगरका प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वेदकोट नगरकी उप प्रमुख तुलसी जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका निरीक्षक कपिल देव जोशीको विशिष्ट अतिथि थिइन् ।

dirghayi clinic

कार्यक्रममा नगर प्रमुख भोजराज बोहराले ब्यानर वाचन गरेर गरेको वेदकोट नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बताइन्। कार्यक्रममा विगतका तिन वर्ष २०७७–७८–७९ को स्वास्थ्य सम्बन्धित सम्पूर्ण कार्यहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति हुने समेत उनले बताइन् ।

उनले भनिन् ’दुई दिने यस कार्यक्रममा विगतका तिन वर्षमा स्वास्थ्य सम्बन्धि भएका सम्पूर्ण काय, पालिकाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट प्रदान गरिएका स्वास्थ्य सेवाहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति गर्ने छौँ ।’

कार्यक्रमको उद्घाटन समारोहमा वेदकोट नगरपालिकाका १० वटै वडाका सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, १० वटै वडाका स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसै कार्यक्रमबाट विगतका वर्षका कमी कमजोरीहरू पत्ता लगाई ति कमी कमजोरीहरू सुधार गरेर गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ आफूहरू लाग्ने वेदकोट नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख हरिसा पालले बताइन्। कार्यक्रम आज बुधवार देखी सुरु भई भोलि बिहीबार समापन हुने छ।

 

Himal dental
सम्बन्धित
Loading...