डेढ लाखको अवैध समान बरामद

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार क्षेत्रबाट भन्सार छली भित्र्याइएको १ लाख ६९ हजार रुपैयाँ बराबारको सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले मंगलबार साँझ बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको जनाएको छ ।

janjyoti campus

बरामद गरिएको सामानमा जुत्ता, मिठाई र लेदरका झोला रहेको डीएसपी प्रकाश डांगीले बताए । उनका अनुसार उक्त सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको छ ।

ghar sansar
सम्बन्धित
Loading...