
महेन्द्रनगर । भीम्दत्त नगरपालिका १८ मा मंगलबार राति हावा हुरीले घरमाथि रुख खसेपछि सुति रहेका दुई जना घाइते भएका छन् । घरमाथि रूख खसेपछि सालघारी बस्दै आएका बर्दियाका २४ वर्षीय गणेश चौधरी र २१ वर्षिय हेलु चौधरी घाइते भएका छन् । उनीहरुमध्ये गणेश चौधरीको अवस्था गम्भीर छ ।
लामा जेबी कन्स्ट्रक्सनमा कामदार उनको कैलालीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेक छ। रुखले घरमा समेत क्षति पुगाएको छ ।

मंगलबार मध्य राति तीव्र गतिमा अचानक हावा हुरी आएको थियो । हावा हुरीले जिल्लाभर धेरै भौतिक संरतनामा क्षति पुगाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम थालिएको बताए ।
‘धेरै ठाउँमा भौतिक संरचनामा क्षति पु¥याएको छ, यकिन विवरण आएको छैन, संकलन गर्दै छौँ’, उनले भने, ‘घरका जस्ता उडाएको, रूख घरमा खसेका छन्, मानवीय क्षति अहिलेसम्म केही छैन।’
