ghar sansar

सुकासालबाट पक्राउ परेका ८ जना केयरिङ्गकर्तामाथि अभद्र व्यवहारमा मुद्दा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–५ सुकासालमा जेठ २ गते भएको घटनामा प्रहरीले आठ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।

dirghayi clinic

भारतको बनबासाबाट सामान ल्याएर महेन्द्रनगरका पसलहरुमा दिने क्यारिङ व्यवसायीले प्रहरीले ज्यादती गरेको भन्दै सुकासालस्थित अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको थिए । त्यसपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो ।

दोहोरो झडपका क्रममा पक्राउ परेका आठजनालाई गिरफ्तार गरी प्रहरीले प्रमुख जिल्ला अधिकारीबाट दुई पटक म्याद थपेर मुद्दा चलाउने तयारी गरेको हो ।

प्रहरीको हिरासतमा भीमदत्त नगरपालिका–२ की ४१ वर्षीय तारा जोशी, भीमदत्त–१० का ४६ वर्षीय जनक पाल, वर्ष ६० की बसन्ती सुनार, वर्ष ३७ की कौशिला शाह, वर्ष ३५ की सरस्वती खुना, वर्ष ३७ की महेश्वरी लावड, वर्ष २३ का दीपक विष्ट र वर्ष २६ का लोकेन्द्र सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए ।

Himal dental
सम्बन्धित
Loading...