
महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेप्रति व्यङ्ग गर्दै कञ्चनपुरबाट पानी जहाज चढेर डडेल्धुरा हुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक लेखकले कञ्चनपुरबाट पानी जहाज चढेर डडेल्धुरा हुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भएको बताएका हुन् ।
उनले भने, ‘म महाकाली नदी किनाराको मानिस एक पटकको नीति तथा कार्यक्रम पढ्दा मलाई स्वर्गको अनुभूति भयो । कञ्चनपुरबाट पानीजहाज चढेर डडेल्धुरा हुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भयो ।

पानीजहाज पनि चानचुन होइन नर्वेजीन क्रुजजस्तै होला भन्ने अनुमान गरे । यो नीति तथा कार्यक्रममा हाम्रो वास्तविक धरातलमा झरे जुन दिन म जस्ता मान्छे पानीजहाज चढेको होइन । जयसिंह धामी त्यहीँ महाकाली नदीमा डुबेर मरे ।
महाकाली नदीमा नर्वेजीन क्रुजको यात्रा र तुइन चुँडेर त्यसै नदीमा मानिस मर्नुको बीचको मर्नुको अन्तरको खाडल हो हामी बीचको।’ साँसद लेखक २०५६ देखि कञ्चनपुर ३ बाट प्रतिनिधित्व गर्दै आएका छन् ।
