
महेन्द्रनगर । राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन्। डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन्।
उनलाई लिन समर्थक र आफन्त फुलमालाका साथ कारागार पुगेका थिए । उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी रेशमकी श्रीमति रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतम लगायत कारागार पुगेका थिए ।
