ghar sansar

दोधारा चाँदनीमा एमालेसित बिच्कियो राप्रपा, नगरपालिकामा एकलौटी गरिएको भन्दै समर्थन फिर्ता लिने चेतावनी

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा स्थानीय तह निर्वाचनपछि एमालेसित सत्ता साझेदारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी एक वर्षपछि चिढिएको छ । राप्रपाले एमालेले सहमति विपरित एकलौटी गरेको भन्दै साझेदारी तोडिन सक्ने चेतावनी दिएको छ ।

गत वर्ष निर्वाचनपछि स्थानीय कार्यपालिकामा सदस्य मनोनितका लागि एमाले र राप्रपाबीच सत्ता साझेदारीमा सहमति भएको थियो । नगरपालिकाका सबैभन्दा बढी ६ वडा जितेर पनि कार्यपालिकामा अल्पमतमा पर्ने अवस्था आएपछि एमालेले राप्रपासित सत्ता साझेदारी गरिएको थियो ।

,orning glory badhai

राप्रपाको दोधारा चाँदनी नगर समितिले मेयर किशोर कुमार लिम्बुले आगामी आर्थिक वर्षको बजेट ल्याउन अघि समर्थन फिर्ताको चेतावनी दिएपछि उनी अप्ठेरोमा परेका छन् । राप्रपासंगै काँग्रेस र माओवादी केन्द्रले असुन्तुष्टि पोखि सकेका छन् ।

dirghayi clinic

राप्रपा सहित चार दलको असन्तुष्टिले नगर सभा अघि राखिएको कार्यपालिका बैठक बस्न नसकेर स्थगित हुन पुगेको छ । आइतबार राखिएको नगर सभामा उप मेयरले बजेट प्रस्तुत गर्न अस्वीस्कार गर्न सक्ने सम्भावना बढेको छ । उप मेयर काँग्रेसबाट निर्वाचित हुन् ।

नगर सभामा काँग्रेस सहित अन्य दलको बहुमत भएकाले मेयर लिम्बुलाई नीति कार्यक्रम र बजेट पारित गर्न अप्ठेरो हुने नेताहरु बताउँछन् । सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि लिम्बु तीन दलसित छलफल गरी मनाउने प्रयासमा लागेका छन् ।

राप्रपाले मेयर लिम्बुमाथि कर्मचारी नियुक्ति, विभिन्न उप समिति, बजेट बाँडफाँड लगायत जनमुखी कार्यमा राप्रपासंग समन्वय तथा छलफल नगरी एमाले एकलौटी ढंगले अघि बढेको आरोप लगाइएको छ ।

‘२०७९ को स्थानीय निर्वाचन सम्पन्न भैसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी र नेकपा एमाले दोधारा चाँदनीको भद्र सहमति भएको व्यहोरा अवगत नै छ । दोधारा चाँदनी नगरपालिकाको कार्यपालिकामा हुने समिति उप समिति तथा कर्मचारी पदपूर्तिका साथै विकास बजेट बाँडफाँडमा साँझेदारी भएर कार्य गर्ने समझदारी दुवै पक्षबीच भएको हुँदा हाल उक्त सहमतिलाई वास्ता नै नगरिएको देखियो । यस कार्यपालिकामा कर्मचारी नियुक्ति समिति, उप समिति गठन गर्नुमा खबर नहुन् जनतामा राप्रपा को दोषी हुन देखिएकाले कार्यपालिकाभित्र हुने विभिन्न गतिविधिहरुलाई के कस्तो हुन गएको छ । त्यसको कारण खुलाई नगर कार्य समितिलाई जानकारी गराउन हुन अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...