ghar sansar

कुतियाकवरमा विद्यालयको नाममा बाल विकास केन्द्र, त्यो पनि तीन वर्षदेखि बन्द

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० कुतियावर वस्ती बर्खा सुरु भएपछि सधैं बाढीका कारण चर्चामा आउने गर्छ । बर्खाको समय वासिन्दाले रात दिन मनभरि त्रास बोकेर बिताउँछन् । वस्तीको दुई तिर भएका महाकाली र जोगबुडा नदीको उनीहरुमा रातको निन्द्रा र दिनको भोकै हराउने गर्छ । यस वर्ष पनि उनीहरु पुरानो नियति झेलि रहेका छन् ।

सधैं बाढीको त्रास बस्ने स्थानीय पछिल्लो केही समय यता जीवन यापन सहज हुन थालेको महसुस गरि रहेका छन् । जोगबुडा नदीमा बनेको झोलुङ्गे पुल र विद्युत लाइनले विस्तारले जनजीवन सहज बनाएको उनीहरु बताउँछन् ।

,orning glory badhai

४९ घरधुरी भएको वस्तीमा २०७४ मा पुल निर्माण र विद्युत लाइन जडान गरिएको थियो । जोडबुडा नदीमा पुल बनेपछि स्थानीयलाई डुङ्गा चढेर वस्तीमा आउजाउ गर्न पर्ने बाध्यता हटेको छ । विजुली जडानले वासिन्दा टुकी बाल्न छाडेका छन् ।

‘उत्तरतिर महाकाली छ, पश्चिम जोगबुडा छ, दक्षिण र पूर्व दुबैतिर भारत छ, बर्खामा लागेपछि खाने सुत्ने ठेगाना हुँदैन’ स्थानीय नयन सिह सुनारले भने,‘रात दिन डराई डराई बसि रहेका छौ, पानी परेपछि निन्द्रा नै लाग्दैन ।’

सुनारका अनुसार अहिले वस्तीमा आधा दर्जन घर पक्की छन् । अन्य सबै घर कच्ची छन् । वस्तीमा विद्यालय नहुँदा पठनपाठनका लागि बालबालिकालाई जोगबुडा नदी वारी पठाउनु पर्ने बाध्यतामा छन् वासिन्दा । वस्ती नजिकको सबैभन्दा नजिकको विद्यालय ओमकार आधारभूत विद्यालय हो ।

जोगबुडा नदीको झोलुङ्गे पुल भएर बालबालिका विद्यालय आउने गर्छन् । वस्तीमा बाल विकास पढ्ने बालबालिकाको संख्या बर्सेनी घट्दो छ ।

यस अघि वस्तीमा बाल विकास केन्द्र हुँदा वस्तीका सबै बालबालिका पढ्नका लागि बाल विकास जान्थे । अहिले अधिकाँश वासिन्दाले बालबालिकालाई ५ वर्ष पुगेपछि मात्रै विद्यालय लगाउने गरेका छन् ।

dirghayi clinic

तीन वर्ष अघि वस्तीमा बाल विकास केन्द्र बन्द गरिएको थियो । अहिले बालबालिका ओमकार आधारभूत विद्यालय गएर पढ्न पर्ने बाध्यतामा छन् । वस्तीमा बाल कक्षा पढ्ने धेरै बालबालिका अहिले अहिले घरमै बसेका छन् ।

जोगबुडा नदीमा झोलुङ्गे पुल नहुँदा किस्तीबाट वस्तीका बालबालिका पढ्नका लागि ओमकार जाने गरेका थिए । त्यति बेला पनि वस्तीमा ५ वर्ष माथिका बालबालिका मात्रै विद्यालय जाने गरेको स्थानीय बताउँछन् ।

अहिले वासिन्दाले मोटरसाइकल र साइकलबाट आफ्ना बालबालिकालाई विद्यालय पुगाउने गरेका छन् । विद्यालय पुग्ने उखुबारीको बाटो बर्खामा हिलाम्ये भएर समस्या परेको वासिन्दा बताउँछन् । स्थानीय नयन सिह सुनार बाटो हिलाम्य भएर हिँड्ने नसकिने अवस्था आएको बताउँछन् ।

‘वाल विकास वस्तीमा हुँदा सजिलो थियो, बन्द भयो, अहिले त त्यहाँ लैजान ल्याउन पर्छ, त्यही भएर धेरै साना बालबालिका पढ्न जाँदैन’ उनले भने,‘अलि ठूला भएपछि मात्रै पठाउने गर्र्छौ ।’

सुनार आफूले भने किस्तीबाट जोगबुडा नदी तरेर ओमकार आधारभूत विद्यालयमा पढेका थिए । अहिले झोलुङ्गे पुल बनेपछि स्थानीयले किस्तीबाट जोगबुडा वारपार गर्न छाडेका छन् ।

वासिन्दाले केही वर्ष अघिसम्म बालबालिकालाई अध्ययनका लागि भारतीय वस्ती कुतियावकरका विद्यालयमा पठाउने गरेका थिए । अहिले बालबालिकालाई पढ्नका लागि भारत पठाउन छाडिएको स्थानीय बताउँछन् ।

खेतीपाती र मजदुरी गरी जीविका चलाउँदै आएका वासिन्दा पछिल्लो पटक वैदेशिक रोजागरका लागि विदेश पुगेका छन् । अहिलेसम्म वस्तीबाट ५ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । दुई जना सेनामा भर्ती भएका छन् ।

‘पहिला धेरै समस्या थियो, अप्ठेरो थियो, भारतीयको डर हुन्थ्यो, अहिले त्यस्तो केही छैन’ स्थानीय सुनारले भने,‘हामीलाई पक्की तटबन्ध बनाई दिए भो, हामी यहाँ भएर त यो वस्ती बच्छ, नत्र इण्डियाले के पो गर्ने हो ।’

Himal dental
सम्बन्धित
Loading...