महेन्द्रनगर । लिटिल फ्लावर प्रीमियर लिग टि टयान्टी सिनियर क्रिकेट टुर्नामेन्टको आठौ संस्करणका लागि शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले ऐर फिट्नेस क्लबसंग सम्झौता गरेको छ ।
ऐर फिट्नेस क्लबले स्ट्रेन्थ एन्ड कन्डिसनिङका लागि कार्तिक १ गते देखि मङ्सिर ३० गते सम्म दुई महिनाका लागि सुबिधा प्रधान गर्ने भएको छ ।
सम्झौता गर्ने क्रममा एएफसि का तर्फबाट संचालक सुरेन्द्र ऐर र फाउण्डेसनका तर्फबाट अध्यक्ष विवके रावलले हस्ताक्षर गरेका छन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै एएफसिका सञ्चालक ऐरले आगामीदिनहरुमा पनि स्थानीय युवा खेलाडीहरुलाई सदैव साथ दिने कुरा स्पष्ट पार्नु भएको छ ।
शुक्लाफाटा नगरपालिकालाई प्रतिनिधित्व गर्दै पहिलो चोटि शुक्लाफाटा ब्ल्याक बक्सले ललित सिङ् भण्डारिको कप्तानीमा टिमलाई राष्ट्रिय स्तरका ेप्रतियोगितामा सहभागिता जनाउदै छ । लिगमा देशभरका १६वटा क्रिकेट टिमको सहभागीता रहने भएको छ ।
लिग प्रतियोगितमा प्रथम हुनेलाई दुई लाख ५५ हजार ५५५, द्धितिय हुनेलाई रु एक लाख २८ हजार, प्लेयर अफ टुर्नामेन्टलाई १५ हजार, बेष्ट वोलरलाई सात हजार ५९९, प्लेयर अफ द म्याच एक हजार पाँच सय, वेष्ट व्याष्टम्यनलाई सात हजार ५०० र इमर्जिङ प्लेयरलाई पाँच हजार पुरुस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता मंसिर ९ गते देखि २३ गते सम्म सञ्चालन हुने छ ।