ghar sansar

नेवि संघ कञ्चनपुरका अध्यक्ष चटौतले भने–सबैसित सल्लाह गरी समिति विस्तार गरिएको हो, विरोधको अर्थ छैन

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले पार्टी र संगठन दुबैका नेतासित सल्लाह गरी विधान अनुसार जिल्ला समिति विस्तार गरिएको बताएका छन् ।

अध्यक्ष चटौतले कञ्चनपुरका सबै ९ ओटै पालिकामा संघ गठन गरी केही दिन अघि पदाधिकारी र सदस्य मनोनित गरी जिल्ला समिति विस्तार गरेका थिए ।

mahostaw

संघको जिल्ला समिति विस्तार भएपछि संघको केन्द्रीय समितिमा भएका कञ्चनपुरका सात केन्द्रीय सदस्यले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी अवैधाननिक गतिविधि गरिएको आरोप लगाएका छन् ।

केन्द्रीय सदस्यले विज्ञप्ति सार्वजनिक गरी आरोप लगाएपछि जिल्ला अध्यक्ष चटौतले पार्टी र संघको नेतासित सल्लाह गरी समिति विस्तार गरिएकाले विरोध गर्नको अर्थ नभएको बताएका हुन् ।

‘जिल्ला समिति बनाउन सबैसित सल्लाह भएको हो, अहिले आएर विरोध गर्नुको कुनै तुक छैन’ उनले भने । अध्यक्ष केन्द्रीय सदस्यले जिल्ला समितिलाई अवैधानिक भनेकोमा समेत आक्रोश पोखे ।

उनले भने,‘ आफू केन्द्रिय सदस्य हुने र केन्द्रिय अध्यक्षको कमिटीमा बस्ने वैधानिक हुने । अनि वहाँ अध्यक्षले जिल्लामा बनाएको जिल्ला अध्यक्ष अवैधानिक हुने नचाहिँदो कुरा भएन र कांग्रेसभित्र जहिले नि द्वन्द्व निम्त्याउने तत्वहरु ।’

नेपाल विद्यार्थी संघले ८ महिना अघि चटौतलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो । उनले जिम्मेवारी पाएपछि सबै पालिकामा संघ गठन र जिल्ला समिति विस्तार गरेका छन् ।

चटौतको नेतृत्वमा स्ववियु निर्वाचनमा संघले धेरै क्याम्पसमा जित हात पारेको छ ।

Himal dental
सम्बन्धित
Loading...