ghar sansar

बेदकोटमा बैजनाथ महिला बहुउद्देश्यीय सहकारीको गहुँ उत्पादन तालिम

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ७ गाउजीस्थित बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गहुँ उत्पादन तालिम सञ्चालन गरेको छ । बेदकोट नगरपालिकाको सहयोगमा दुई दिने गहुँबाली उत्पादन तालिम सञ्चालन गरिएको छ ।

dirghayi clinic

सहकारीका अध्यक्ष मञ्जु सिंहले २४ जना किसानलाई गहुँबालीको उत्पादनलाई कसरी राम्रो बनाउँन सकिन्छ, उत्पादनमा कसरी वृद्धी गर्न सकिन्छ, बढी नाफा कसरी गर्ने, बालीको हेरचाह कसरी गर्ने लगायतका विषयमा तालिमको आयोजना गरिएको जानकारी दिईन् ।

बेदकोट नगरपालिका कृषि शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरता अन्तरगत गहुँ उत्पादन उत्पादकत्व वृद्धी गर्न यो तालिमको आयोजना गरिएको बताए ।

पालिकाले ७ दिने सुचना निकालेर सहकारी अन्तरगतका २४ जना किसानहरुलाई २० हेक्टर जमिनमा गहुँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने अभियान अन्र्तगत सम्झौता भएको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...