Sarsoti

शुक्लाफाँटामा निःशुल्क स्वास्थ्य शिविरमा तीन सयलाई सेवा

lotus institute

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १० झलारी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क जनरल तथा आँखा स्वास्थ्य शिविरबाट तीन सय जना विरामीलाई चिकित्सकीय सेवा प्रदान गरिएको छ ।

नगरपालिकाको वडा नं १० ले आयोजना गरेकोे शिविरमा आँखा सम्बन्धी रोगका दुई सय १४ र ८६जना छाला, हड्डी, छाती, स्वासप्रश्वास सम्बन्धीका विरामीले सेवा लिएका छन ।

morning glory
Mahendranagar

स्वास्थ्य चौकीका सिअहेव लोकेन्द्र ऐरीका अनुसार शिविरमा आँखामा मोतिया विन्दु भएका २३ जना विरामीको पहिचान गरिएको छ ।

मोतिया बिन्दु भएका विरामीको आईतवार धनगढी स्थीत नेत्रालयमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाईएको उनले बताए । उनका अनुसार शिविरमा पुगेका आँखाका ५५ जना विरामीलाई निःशुल्क चश्मा वितरणको कार्य गरिएको छ ।

शिविरमा उपचारका लागि पुगेका विरामीलाई चिकित्सकले परामर्श संगै निःशुल्क रुपमा औषधी वितरण गरिएको छ । शिविरमा उपचारका लागि पुग्नेमा पुरुष विरामी भन्दा महिला विरामीको सङख्या दोव्वरले बढी रहेको बताईएको छ ।

saark school
सम्बन्धित
Loading...