
महेन्द्रनगर । दोधारा चाँदनीमा एक दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ को आयोजना र नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र दोधारा चाँदनीको प्राविधिक सहयोगमा भालि दोधारा चाँदनी नगरपालिका– ७ मिलनचौराह नजिक (फिल्म हल) मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् ।
बिहान ९ बजे देखि २ बजे सम्म सञ्चालन हुने निशुल्क आँखा शिविरमा बिशेषत ः मोतियाबिन्दु भएकाहरुलाई ग्राहयता दिईने वडाध्यक्ष बहेक क्षेत्रीले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखाका रोगीका संख्या धेरै रहेको हुदा बिगत लामो समय देखि प्रत्येक वर्ष वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रको पहलमा दोधारा चाँदनी नगरपालिका– ७ मा निशुल्क आँखा शिविर संचालन हुदै आएको छ् ।
