ghar sansar

महाकाली बहुप्राविधिक शिक्षालयमा हाजिरी जवाफ प्रतियोगिता

महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । महाकाली बहुप्राविधिक स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताका शिक्षालयमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थीका चार समूहले भाग लिएका छन् ।

प्रतियोगितामा समान्य चिकित्सा(एचए) कार्यक्रमका विद्यार्थी प्रथम स्थान हासिल गरेका छन् । अप्थाल्मिक साइन्स द्वितीय, फार्मेसी तृतीय र टेक्निकल ल्याबका विद्यार्थीको समूह चौथो भएको छ ।

प्रथम, द्वितीय, तृतीय सहित सहभागी सबै विद्यार्थीलाई प्रमाण पत्र , ओल्ड इज गोल्ड, समान्य ज्ञान लगायतका पुस्तकहरु पुरस्कार स्वरुप प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षालयका निर्देशक परमल सिह साउँदले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरे ।

स्पोर्टस क्लबका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षमा कार्यक्रम गरिएको छ । शिक्षालयका प्रशिक्षक चुडामणी शर्माले कार्यक्रम सञ्चालन गरे । शिक्षालयका खेलकूद सहित अतिरिक्त गतिविधि सञ्चालनका लागि तीन महिना अघि फार्मेसी अध्ययनरत पाण्डेयको अध्यक्षतामा क्लब गठन गरिएको थियो ।

फार्मेसी र ल्याबको तीन वर्षदेखि पठनपाठन हुँदै आएको शिक्षालयमा यस वर्षदेखि एचए र अप्थाल्मिक साइन्स कार्यक्रम थपिएका हुन् । तीन वर्षे सबै कार्यक्रम ल्याब बाहेक सबैमा ४०÷४० जनाको कोटा छ । ल्याबमा ३० जनाको कोटा छ । शिक्षालयका निर्देशक साउँदले सबै कार्यक्रम कोटा अनुसार विद्यार्थी भर्ना भएर पठनपाठन भई रहेको बताए ।

   

Himal dental
सम्बन्धित
Loading...