ghar sansar

प्याब्सन महोत्सव कबड्डीमा खेल पनि सकिए

महेन्द्रनगर । १२ औं प्याब्सन महोत्सवमा बुधबार कबड्डीका खेलहरु सकिएका छन् । माध्यमिक र आधारभूत तहमा छात्र र छात्राको कबड्डी प्रतियोगिता भएको थियो ।

माध्यमिक विद्यालयतर्फ छात्रमा नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल प्रथम, डायमण्ड पब्लिक एकेडेमी द्वितीय तथा होली फेमली इङ्गशिल मिडियम स्कुल र चन्द्र सूर्य बाल विद्यालय तृतीय भएका छन् ।

यसैगरी छात्रातर्फ डायमण्ड पब्लिक एकेडेमी प्रथम, वेष्टर्न पब्लिक एकेडेमी द्वितीय, होली फेमली इङ्गलिश मिडिय स्कुल र नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल तृतीय भएका छन् ।

आधारभूत तहतर्फ छात्रमा न्यू सरस्वती विद्या मन्दिर प्रथम, नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल द्वितीय, होली फेमली र अपि इन्टरनेशल तृतीय भएका छन् ।

ग्रिनल्याण्ड एकेडेमी छात्रा कबड्डीमा प्रथम भएको छ । माउण्ट अपि द्वितीय, वेष्टर्न पब्लिक स्कुल र सनलाइट पब्लिक स्कुल तृतीय भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...