ghar sansar

पुनर्वासमा भोलिदेखि नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

khasi

अशोक सार्की
पुनर्वास । पुनर्वास नगरपालिका ८ स्थित बागिश्वरी माध्यमिक विद्यालयमा १४ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।

पुस २० गते देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका अन्तर्गतका २५ विद्यालयका खेलाडीहरुको सहभागिता रहनेछ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

dirghayi clinic

पालिकास्तरमा सञ्चालन भएको अन्तर मा.वि. स्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा भाग लिने खेलकुद विकास समितिका अध्यक्ष बल बहादुर तामाङले बताए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्ट विधाका विभिन्न खेलमा १०० स्वर्ण, १०० रजत र १०० काँस्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिनेछ । त्यस्तै दोस्रो र तृतीय हुनेलाई क्रमशः प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिने तामाङले बताए ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरी तयारी थालिएको आयोजक समितिका सदस्य सचीव तथा बागिश्वरी मा.वि.का प्रअ डिल्ली प्रसाद शर्माले बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाले तोके बमोजिमका सबै खेलकुद प्रतियोगितामा समावेश गरिएको बताउदै बिगतका कमिकमजोरीलाइ समिक्षात्मक टिप्पणीका साथ यो वर्ष थप उर्जाका सहित पालिकाको प्रत्यक्ष भुमिका सहित सञ्चालन गर्ने नगरपालिकाका योजना अधिकृत शंकर बोगटीले बताए ।

Himal dental
सम्बन्धित
Loading...