Sarsoti

बेलडाँडीमा गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य बिष्टले गरे उद्घाटन

lotus institute
Mahendranagar

महेन्द्रनगर । बेलडाँडीमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ गाँउपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । सरस्वती माध्यमिक विद्यालयमा सुरु प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले गरेका छन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा गाउँपालिकाका विद्यालयले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य बिष्ट सहित गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ति नाथ लगायतका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक कर्मचारी, विद्यार्थी सहभागी भएका छन् ।

saark school
सम्बन्धित
Loading...