ghar sansar

बेदकोटमा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । बेदोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालय सुरु प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले गरेका छन् ।

प्रतियोगितामा बेदकोट नगरपालिकाभित्रका माध्यमिक विद्यालय सहभागी भएका छन् । उद्घाटन कार्यक्रम बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको अध्यक्षतामा गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा संविधान सभा सदस्य कृपाराम राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, कर्मचारी सहभागी भएका छन् ।

कार्यक्रममा बेदकोट नगरका उप मेयर तुलसी जोशीले स्वागत मन्तव्य राखेकी थिइन् । बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिहले कार्यक्रम सञ्चालन गरेका थिए ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताबाट छनौट विद्यार्थीहरुले कृष्णपुर नगरपालिकामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग सहभागी हुने पाउने छन् ।

   

Himal dental
सम्बन्धित
Loading...