ghar sansar

जिल्ला लिग फुटबलमा सेक्युर्ड नेपाल र राम युवा क्लब सेमिफाइनल प्रवेश

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगर स्थित खुला मञ्चमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सेक्युर्ड नेपाल र राम युवा क्लबले सेमिफाइन स्थान सुरक्षित गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको हो ।

जिल्ला लिग फुटबल प्रतियोगिता –२०८१ को सेमिफाइनल पुग्ने पहिलो टिम समूह “ए“ बाट ९ अंक का साथ सेक्युर्ड नेपाल विजेता हुँदै आफ्नो स्थान सुरक्षीत गरेको हो भने समुह “बि“ बाट राम युवा क्लबले १२ अंकका साथ शिर्ष स्थानमा कायम रहँदै सेमिफाइनलमा स्थान सुरक्षीत गरेको छ। दुबै समुह बाट उपविजेता टिमको टुंगो भने लागेको छैन ।

dirghayi clinic

प्रतियोगिताको आठौं दिन समुह चरणको पहिलो खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल बिच बिहान ९ बजे भएको थियो। दुबै टिमले २–२ गोलको बराबरी खेल्दै समान एकएक अंक बाडेका छन् ।

दोस्रो खेल कञ्चन समाज र त्रीपुरा युवा समाज बिच बिहान ११ बजेको रोमाञ्चक खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै समान एकएक अंक बाडेका छन् भने उक्त दिनको तेस्रो अर्थात अन्तिम खेल राम युवा क्लब र रोयल गोरखाज स्पोर्ट्स सर्कल बिच भएको थियो।

रोमाञ्चक खेलमा राम युवा क्लबले दोस्रो हाफमा १ गोलको अग्रता कायम राख्दै गर्दै १–० गोलले रोयललाई हराउदै समूह “बि“ को १२ अंकका साथ शीर्ष स्थानमा यात्रा कायमै राख्दै सेमिफाइनलमा स्थान सुरक्षीत राखेको हो ।

प्रतियोगिताको नवौं दिन लिग चरणका समूह “ए“ अन्तर्गत अन्तिम दुई खेल हुने छन् । पहिलो बिहान ९ बजे अरनिको युवा क्लब र द ग्यालेक्सी युवा क्लब बिच रोमाञ्चक खेल हुने छ  भने उक्त दिनको दोस्रो खेल डिफेन्डिङ च्याम्पियन दिप ज्योती युवा क्लब र सेक्युर्ड नेपाल बिच अपरान्ह ४ बजे प्रतिस्पर्धात्मक खेल हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...