
हाल नेपाल सरकारले घरेलु हिंसाबाट पीडितका लागि विभिन्न स्थानहरुमा आश्रय र परामर्श सेवाहरू पनि स्थापना गरेको छ । यसै अन्तरगत कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा रहेको अल्पकालिन सेवा केन्द्रबाट झण्डै दुई हजार हिंसा पीडित महिलालाई सेवा प्रदान गरेको छ । सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले संचालन गरेको यस अल्पकालिन सेवा केन्द्रबाट यस आर्थिक वर्षका झण्डै दुई हजार हिंसा पीडित महिलालाई सेवा प्रदान गरेको छ । सेफ हाउसको स्थापना गरि संचालनमा आएको यस संस्थासंग प्रयाप्त आर्थिक स्रोत नहुदा संस्थाले चाहे जस्तो काम गर्न सकि राखेको छैन ।
तथापी संस्थाले घरेलु हिंसाबाट प्रभावितका लागि सञ्चालित सेवा केन्द्रमा परेका ८ उजुरी बाहेक सबै फछ्र्यौट गरिएका छन् । केन्द्रमा गत आर्थिक वर्षमा एक हजार ६ सय ५३ र चालु आर्थिक वर्षको चैतसम्म ६५ उजुरी दर्ता गरिएका छन् । ती उजुरीमध्ये गत वर्ष एक र चालु वर्षका ८ उजुरी फछ्र्यौट हुन बाँकी छन् । केन्द्रमा हालसम्म एक हजार सात सय १८ उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी प्रहरीबाट आएका एक हजार एक सय ४६ छन् । त्यसमा गत वर्ष एक हजार एक सय उजुरी आएका थिए । केन्द्रमा कुटपिट भएका महिला सबैभन्दा बढी सेवा केन्द्र आएका छन् । केन्द्रमा कुटपिटबाट पीडित भएर आउने महिला ७ सय ४ जना छन् । त्यसमा ६ सय ९५ जना गत वर्ष आएका छन् । कुटपिटपछि घरेलु हिंसाबाट पीडित ४ सय ७९ महिला सेवा केन्द्र पुगेका छन् । घरेलु हिंसाबाट यस वर्षको चैतसम्म ३० जना आएका छन् । गत वर्ष ४ सय ४९ महिला केन्द्र आएका थिए ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म सेवा केन्द्रमा ६५ जना हिंसा पीडित महिलाले आश्रय लिएका छन् । केन्द्रमा साउन ९, भदौ ५, असोज ५, कार्तिक ११, मंसिर ७, पुष ५, माघ ४, फागुन ८, चैत ११ जनाले सेवा लिएका छन् । घरेलु हिंसा सम्बन्धी ऐन बनेर नेपालमा घरेलु हिंसा विरुद्धको प्रयास भएता पनि यस विषयमा मौनता र सहिष्णुताको संस्कार कायमै छ । नेपालमा घरेलु हिंसा व्यापक छ । गहिरो रूपमा गा“सिएको पितृसत्तात्मक मनोवृत्ति र लैंगिक असमानताका कारणले महिलाहरूविरुद्ध घरेलु हिंसाको दर उच्च रहेको पाइएको छ । महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसाहरूमध्ये घरेलु हिंसा एक प्रमुख हिंसा हो । नेपालमा घरेलु हिंसा एउटा गम्भीर समस्या बनेको छ र देशभरका महिला र बालबालिकालाई असर गरिरहेको छ ।
नेपाल सरकार र नागरिक समाज तथा अन्य गैर सरकारी संगठनहरूले यो समस्या समाधान गर्न निरन्तर कदम चालिरहेको भएता पनि घरेलु हिंसा रोक्न र पीडितहरूलाई सहयोग गर्न थप प्रभावकारी कार्यहरू गर्न आवश्यक देखिएको छ । कडा कानुनी व्यवस्थाका कारणले घरेलु हिंसा न्युनिकरणमा हालैका वर्षहरूमा केही प्रगति भएता पनि घरेलु हिंसा नेपाली समाजमा व्याप्त र गहिरो रूपमा जकडिएर बसेको छ । गरिबी, लैंगिक असमानता र सांस्कृतिक मानदण्ड जस्ता कारकहरूले यो समस्यामा मलजल गरेको हु“दा महिला र बालबालिकाहरू दुर्व्यवहारको चपेटामा परेका छन् । घरेलु हिंसाको कानुन कडा बनाएर मात्र यो निर्मूल हुने विषय होइन । जनचेतना तथा सचेतनाबाट मात्र यो न्यूनीकरण हुने हु“दा यसलाई निर्मूल पार्न सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । सबै सरोकारवाला पक्षबाट पनि सहयोग र सहकार्य हुन जरुरी छ ।
