अन्तर्राष्ट्रिय श्रमिक दिवसको औचित्य

lotus institute

– रबिन्द्र प्रसाद देबकोटा

अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा सिकागोमा भएको हेमार्केट मामलाको स्मृतिमा मनाइने गरिन्छ। १९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम ज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । सिकागोमा यही माग सहीतको मजदुर आन्दोलन चर्कँदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । श्रमीकहरूको शान्तिपूर्ण प्रर्दशनकारीहरू माथी गोली चलाउँदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन ४ प्रहरी सहीत ७ जनाको मृत्यु भयो, त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछीFrench Socialist Party   मे १ लाई (श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day  को रूपमा मनाउने घोषणा ग¥यो परिणामस्वरूप हामी पनी यो दिनलाई मनाउंदै आयका छौं ।

morning glory

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । तत् पश्चात् सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालियो । विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

Mahendranagar

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समाबेश गराए पनि अझै सस्थागत हुन सकेको छैन औपचारिकतामा मात्र भएको महसुस गर्न सकिन्छ । मुलुकको श्रम आन्दोलनले राजनीतिक आन्दोलनका साथ साथै श्रमिकको हकहितका लागि जसरी भूमिका निर्वाह गरेको छ, सँगसँगै श्रम आन्दोलनसामु चुनौती पनि खडा भएका छन् । राजनीतिक स्वतन्त्रता र अधिकारको कोर्स पूरा भए पनि श्रमिकका लागि अझै पनि संविधान श्रमिकमैत्री बन्न सकेको छैन । संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात गर्यो तर समावेसिता भित्र श्रमिकको राजनीतिक अधिकारलाई कुण्ठित गरेको छ परिणामस्वरुप संविधानभित्र श्रमिकको राजनीतिक अधिकार स्थापित हुन सकेको छैन । यस्तै, श्रम ऐनभित्र श्रमिक विरोधी प्रावधानलाई पनि झन् नयाँ ढंगले स्थापित गर्न खोजिँदै छ । यसो हुनुमा ट्रेड युनियन आन्दोलनभित्र हुर्किरहेको अवसरवाद र अर्थवादी सोच चिन्तन र प्रवृत्ति नै प्रमुख बाधक बनेको छ । नेतृत्वले श्रमिकका एजेन्डालाई ठीक ढंगले उठाउन नसक्दा र पुँजीपति वर्गसँग सम्झौता परस्त नीति अवलम्बन गर्दाको परिणति अहिले मुलुकको ट्रेड युनियनमा आन्दोलनले व्यहोरि रहेको छ, जुन गम्भीर चुनौतीका रुपमा रहेको छ ।

संविधानले श्रमिकका आधारभूत अधिकारका रुपमा रहेको ट्रेड युनियन अधिकार, सामाजिक सुरक्षाको अधिकार, बेरोजगारीलाई अन्त्य गरी रोजगारीको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानीको अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ । तापनी यी सबै सवाल लाई ७० वर्षदेखि श्रमिकले वकालत पैरवी गर्दै राजनीतिक आन्दोलनमा समाहित भएकै परिणाम यी उपलब्धि प्राप्त भएका हुन् । यसका साथै मुलुकका श्रमिकलाई संगठित गर्ने, संगठित श्रमिकको माध्यमबाट श्रमिकको हकहितका साथै मुलुकको आर्थिक तथा सामाजिक विकासमा परिचालित गर्ने आधार तयार हुनु श्रम आन्दोलन का माध्यम बाट भएको उपलब्धि को रुपमा लिन सकिन्छ ।

१३५ औ अन्तरास्ट्रिय श्रमिक दिवस मनाई रहँदा श्रम आन्दोलनले विशेषतः आउँदा दिनमा विभिन्न भुमिकाहरुलाई आत्मसात गर्नु जरुरी छ । मौलिक हकको कार्यन्वयनसंगै संविधानमा उल्लेखित श्रमिकका अधिकारहरुलाई कार्यान्वयन गराउन विभिन्न तहबाट नै वकालत पैरवी गर्न आवस्यक, श्रमिक वर्गको विधायिका लगाएत नीति निर्माण, प्रतिनिधित्व सुनिश्चितता सामाजिक सुरक्षाको प्रत्याभूति गराई श्रमिकमुखी श्रम कानुनको निर्माणका लागि माग पूरा गर्दै श्रमिकको जीवन समृद्ध बनाउने दिशामा केन्द्रित हुने ।

मुलुक को आर्थिक समृद्धि हासिल गर्न उत्पादन वृद्धि गुणस्तरीय सेवा प्रदान गर्ने हरेक कार्यस्थल मा असल कार्य सस्कृती को निर्माण गरि ट्रेडयुनियन सस्कृती को रुपमा बिकास गर्न ट्रेडयुनियन ले सहजीकरण गर्नुपर्ने । श्रमिक पक्षीय श्रम कानुन निर्माण गरी श्रमिकका हक र अधिकारलाई सुनिश्चित गर्ने । बर्तमान परिस्थिति मा ट्रेड युनियन आन्दोलनभित्र अहिले अवसरवाद र अर्थवादका गम्भीर चुनौती खडा भएका छन ती सबै क्षेत्र र तहमा घनीभूत ढंगले अवसरवाद र अर्थवाद विरुद्ध वैचारिक अभियान सञ्चालन गर्न आवश्यक छ । अन्त्यमा बौद्धिक श्रमिक वर्ग लगायत सवै श्रमिक वर्गको न्यायिक व्यवस्थापनमा यो श्रमिक दिवसले जोड देओस ।

(लेखक भीमदत्त नगरपालिका १८ वडा अध्यक्ष तथा एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य हुन् । )

saark school
सम्बन्धित
Loading...