
महेन्द्रनगर । कञ्चनपुर जिल्ला भलिबल संघले मंगलबार साँझ भलिबल प्रशिक्षण केन्द्रमा केक काटेर भलिबल दिवस मनाएको छ । सरकारले २०७४ जेठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको अवसर पारी भलिबल दिवस मनाउने थालिएको हो ।
संघले साँझ प्रशक्षिक केन्द्रमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी दिवस मनाइएको छ ।

संघका अध्यक्ष श्याम सिह मौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल टिमका प्रशिक्षक जगदिश प्रसाद भट्ट, संघका जिल्ला सदस्य नवराज भट्ट लगायत पदाधिकारी, सदस्य, खेलाडी , प्रशिक्षक सहभागी भएका छन् ।
उनीहरु सहभागी कार्यक्रममा केक काटेर दिवस मनाइएको संघका सदस्य भट्टले जानकारी दिए ।
