
महेन्द्रनगर । पोखरामा हुने जुनियर अण्डर १५ बुद्धिताल प्रतियोगिताका लागि कञ्चनपुरबाट खेलाडी छनौट भएका
छन् । राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गर्ने प्रतियोगितामा प्रदेश खेलकूल परिषद् र जिल्ला खेलकूद संघले छनौट प्रतियोगिता गरी खेलाडी छनौट गरेको छ ।
राष्ट्रिय प्रतियोगितामा छात्र र छात्रा टीमका लागि खेलाडी छनौट गरिएका हुन् । छनौट प्रतियोगितामा छात्रमा २३ र छात्रामा ७ खेलाडी सहभागी भएका थिए ।

छात्रातर्फ आयुश कुमार महरा, आयुश पन्त र शुभम जोशी छनौट भएका छन् । उनीहरुमा महरा इन्टरनेशनल, पन्त पूर्णा मावि र जोशी लिटिल बुद्धका विद्यार्थी हुन् ।
यसैगरी छात्रातर्फ इशिका भट्ट, पलक लुहार र सुमन जोशी छनौट भएका छन् । उनीहरुमा भट्ट ज्ञान वाटिका, लुहार न्यून सरस्वती र जोशी लिटिल बुद्धमा अध्ययनरत छन् ।
