
महेन्द्रनगर । एमाले बेलडाँडी गाउँ कमिटी अध्यक्षमा प्रेम बहादुर खाती चयन भएका छन् । गाउँ कमिटीको अधिवेशनबाट खाती सर्वसम्मत अध्यक्ष भएका छन् ।
४१ सदस्यीय कमिटीको उपाध्यक्षमा वीर बहादुर खड्का, सचिवमा शंकर दत्त भट्ट ,उप सचिवद्वय गणेश बिष्ट, फुलकुमारी राना चयन भएका छन् । एमाले पोलिट्ब्यूरो सदस्य एवं कञ्चनपुर इन्चार्ज नारदमुनी रानाले अधिवेशन उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य नर बहादुर धामी, कञ्चनपुर क्षेत्र १ का साँसद तारा लामा तामाङ, जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायत नेता सहभागी भएका छन् ।
