

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ । यसमा ढुक्क भए हुन्छ,’ उनले भने ।
कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कारबाही हुने उनले बताए ।
‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं । सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं र जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं,’ उनले भने ।
