हिन्दु धर्मावलम्बीहरु आफ्नो परमपरा अनुसार विभिन्न रीति रिवाज, चाल चलन र संस्कारहरुले सम्वृद्ध छन्। संसार भरी छरिएर रहेका हिन्दुहरुका भुगोल र परिवेश अनुसार आ(आफ्ना छुट्टा छुट्टै जीवनशैली र विशेषताहरू रहेका छन्। हिन्दुहरुको जीवनशैली मुख्यतह वेदमा आधारित भएपनी वेद, वेदका शाखा र उपशाखाको भेद हुँदै विभिन्न पन्थ सम्प्रदाय र ऐतिहासिक परमपराहरूको कारणले यस समुदाय भित्र चाडपर्वहरु मनाउने शैली र भुगोलै पिच्छे संस्कार तथा परमपराहरुको स्वरुपमा पनि फरकपना देख्न सकिन्छ। सनातनिहरुमा गर्भाधान देखी अन्त्यष्टी सम्मका षोडस संस्कार तथा दशै, तिहार, गौरा, छठ, होलि, जनैपुर्णिमा, माधेसंक्रान्ति, विशु, ल्होसार, शिवरात्री, राम नवमी, कृष्ण जन्माष्टमी, गुरुपुर्णिमा आदी मुख्य पर्वहरु मनाउने चलन रहेको छ। यि संस्कार तथा चाडपर्वहरुको आ(आफ्नै छुट्टै महत्व, विशेषता र ठाउँ अनुसार मनाउनेवेग्लै तौर तरिकाहरु पनि छन्। यस्तै आफ्नै छुट्टै महत्व र विशेषता भएको पर्व मध्ये गौरा पर्व पनि एक हो। गौरा पर्व विशेष गरी, नेपालको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशको केही भुभाग, भारतको उत्तराखण्ड राज्यको कुमाउ र गढवाल मण्डलमा समेत यो पर्व ज्यादै धुमधामका साथ हर्षउल्लासपुर्वक शिवगौरीको आराधना गर्दैमनाईने गरीन्छ।
यो पर्वको सुरुवात कहिले देखी भयोरु यो पर्व किन मनाइन्छरु यो पर्व मनाईनुको कारणरु यस सँग जोडिएका आस्था, मनोविज्ञान तथा यसका विशेषताका लगायतका बिषयमा लेखको माध्यमवाट यस सँग सम्बन्धित प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ। यो पर्व प्राचिन कालदेखिनै विशेष गरी मानसखण्ड र केदर खण्ड ९हाल सुदुर पश्चिम, उत्तराखण्ड० क्षेत्रमा मनाउदै आईन्छ। यो पर्वको सुरुवात केहिले देखि भयो भन्ने सन्दर्भमा कुनै यकिन रुपमा तिथी पत्ता लगाउन नसकिए तापनि यस क्षेत्रका प्राय सबै समुदायले यो पर्व मनाउने र यस क्षेत्रका प्राचिन देवी देवताहरुका हरेक मन्दिरहरुमा समेत गौराको विरूडा चढाउने परमपरा भएको हँदा यस क्षेत्रमा मानव बस्तिको बसोबास सँग सँगै यो पर्व मनाउने परमपराको सुरुवात भएको हो भन्ने अनुमान गर्न सकिन्छ। गौरा पर्व यस क्षेत्रमा विशिष्ट तथा प्रमुख पर्व हो। वर्तमान समयमा दशै तिहार जस्ता चाडपर्वहरु समेत धुमधामका साथ यस क्षेत्रमा मनाईने भएतापनि प्राचिन समयदेखि गौरा पर्व नै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा रहि आएको छ। गौराको वेला यस क्षेत्रका गरिब देखि सम्पन्न परिवारका हरेक व्यक्तिलेघर परिवारमा जुठो परेको अवस्था बाहेक के धनी, के गरिब सबैले अनिवार्य पहिरनको रुपमा नयाँ लुगा लगाउनै पर्ने चलन पनि प्राचिन समय देखिनै चलि आएको भए तापनि बर्तमान समयमा पछिल्लो पुस्ताहरु यो परमपरा हराउँदै गएको देखिन्छ। गौरा यस क्षेत्रको सौहार्दता झल्काउने मनोरञ्जनको पर्व पनि हो। गौराका वेला देश प्रदेशबाट घर फर्कने, मिठा मिष्ठान्नका पकवानहरु पकाउने, केटाकटी देखि सयानाहरु ९प्रौढहरु० सम्म सबैले एक ठाउँमा भेला भएर मनोरञ्जन गर्ने, मनमिटापहरु विर्सेर सुखदुख साटासाँट गर्ने चलन रहि आएकोछ। बर्षा ऋतुको समयमा पर्ने यस पर्वमा नदीनलाहरु भरिभराउ हुनुका साथै फलफुलहरु पाक्न सुरु गर्ने, चारैतिर हरियाली हुने, न धेरै चिसो न धेरै गर्मिहुने सबै किसिमले उपयुक्त वातावरण रहने हुनाले पर्वमा छुट्टै रौनकता हुन्छ।
‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्दबाट अपभ्रंस हुँदै उत्पन्न भएको हो। हिन्दु धार्मिक ग्रन्थहरुमा माता पार्वतीको सुन्दर स्वरुपको रुपमा गौरीको बर्णन गरेको पाईन्छ। यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान शिवलाई पति पाउनको लागी गरेको ध्यान, तपश्या लगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथाहरुको गौरा गितहरुमा वर्णन गरीन्छ। सति देविले यज्ञकुण्डमा आत्मदाह गरेपछी भगवान शिवले भावविव्हल भई सतिदेविको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा शतिदेविका अङ्गहरु पतन भएको ठाउँमा शक्तिपिठ र भगवान शिवले विश्राम गरेको ठाउँमा शिवालयहरु उत्पन्न भएको देखिन्छ। गौरा गितहरुले उनै शतिदेवीले हिमालय पर्वतको घरमा मैना देवीको गर्भवाट माता पार्वतीको रूपमा जन्म लिएको र मैनादेवीको गर्भवाट जन्मेकि ती कन्याले जन्मेदेखि भगवान शिवलाई प्राप्त गरुञ्जेल सम्म भएका घटना प्रसङ्ग र त्यसमा भगवान शिवले निभाएका भुमिकाहरुको वर्णन गरेको पाईन्छ। गौरा गितहरुमा गायन तथा नृत्य दुबै विधाको प्रयोग गरेको पाईन्छ ।
गौरा पर्व विशेष रुपमा भाद्र शुक्ल अष्टमीमा मनाईने पर्व भए पनि बिशेष परिस्थितिमा कहिले काही यो पर्व भाद्र कृष्ण पक्ष वा श्रावण शुक्लपक्षमा समेत मनाउने गरीन्छ। यस्तो विशेष परिस्थिती अगस्ती ताराको उदय र सुर्यको कान्या राशीमा प्रवेशसँग जोडिएको छ। अगस्ती उदय हुनुभन्दा अगाडी भाद्र शुक्ल अष्टमी पर्यो भने भाद्र शुक्ल अष्टमीमा पर्वमनाउने र भाद्र शुक्ल अष्टमी अगावै अगस्ती उदय भएमा भाद्र कृष्ण अष्टमीमा गौरा मानाउने चलन यस क्षेत्रमा रहि आएको छ।मलमासका कारण तिथिहरु अगाडी पछाडी भईरहने हुँदा भाद्र महिनामा मलमास परेको खण्डमा यो पर्व श्रवण महिनामा पनि मनाईने गरिन्छ। यसरी शुक्ल पक्षमा परेको गौरालाई ‘शुकेली गौरा’ र कृष्ण पक्षमा पर्न गएको गौरालाई ‘अन्यारी गौरा’ दुई किसिमले गौरालाई विभाजन गरेको पाईन्छ।असोज महिनामा सुर्य कन्या राशीमा प्रवेश गरी सक्ने हुनाले उक्त महिनाम यो पर्व मनाउन नहुने चलन रही आएको छ ।
गौरा पर्व पुत्रदा एकादशीबाट सुरु हुने भए तापनी औपचारीक रुपमा भने यसको शुरुबात “बिरुडा पञ्चमी”बाट हुन्छ। पञ्चमी तिथीमाबिरुडा भिजाउने हुँदा उक्त पञ्चमीलाइ “बिरुडा पञ्चमी” भनिएको र गहुँ, गहत, कलौउँ, मास, गुरुँष गरी पाँचवटा अन्नहरु मिसाई बिरुडा हुने हुँदा बिरुडालाई ‘पञ्चग बिरुडी’ भन्ने चलन रहेको छ। गौराको पहिलो दिन महिलाहरु ब्रतबसी देवघर वा आ(आफ्नो घरको पबित्र कोठामा गाईको गोबर सहितले लिपपोत गरी दियो बालेर सगुनफाग गाउँदै पवित्र ताम्रपात्रमा बिरुडा राखी उक्त तम्रपात्रको पाँच ठाउँमा गाईको गोबरको टिका थापी उक्त टिकामा दुबो, चन्दन र अक्षता लागाई विधिवत रुपमा बिरुडा भिजाउने गरीन्छ। यसरी महिलाहरुले सामुहिक रुपमा भेला भएर विरुडा भिजाउँदा सामाजिक मर्यादा अनुसार मन्दिरका धामी, पुजारी, भरँणे तथा मुखियाहरुको बिरुडा पहिले भिजाई पालैपालो सबैले बिरुडा भिजाउने चलन रहेको छ। बिरुडालाई स्थानिय भाषामा लोलिगौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गरिने हँदा बिरुडालाई अति पवित्र प्रसादीको रुपमा लिने गरिन्छ। यसरी विधिवत रुपले विरुडापञ्च मी बाट गौरा पर्वको सुरुवात भएपछी यस पर्वलाई नयाँ बर्षको सुरुवातको रुपमा समेत लिने गरिन्छ। पञ्चमीको दिन पवित्र दिन भएकाले यस दिन शुभकार्यहरुको थालनी गर्ने गरीन्छ। पुराना पुस्ताहरुमा यस दिनलाई विशेष रुपमा नयाँ आर्थिक कारोबारको शुरुबात गर्ने दिनको रुपमा मान्ने र हिउदे बालीको मात बुझाउने चलन समेत रहि आएको थियो। सुदुरपश्चिममा“पञ्चोमीको बिरुडो, दशैंको जौंरो, दुत्याको चिउँरो”लाई सौभाग्यको प्रतिककोरुपमा सधै प्रप्ति भईराखोस् भनि आशिर्वाद लिने दिने चलन रहि आएको छ। विरुडा पञ्चमीदेखी“जाडी जामाली” ९जाडोको शुरुवात० र श्रीपञ्चमीदेखी “कानकामली” ९ गर्मीको सुरुवात० भनेर प्रतिकात्मक रुपमा जाडो र गर्मीको शुरुवात हुने दिन भनी सम्बोधन गर्ने गरीन्छ। यी दुबै पञ्चमीहरूमा गरेका कार्यहरू पुर्ण रुपमा सफल हुने मान्यता यस क्षेत्रमा रहि आएकाले अक्षरारम्भ, अन्नप्राशन, गाईबस्तु खरिदबिक्री, नयाँ उद्यमको शरुबात जास्ता शुभकार्यकाहरु गर्नका लागी यी पर्वहरू उपयुक्त दिनको रुपमा लिने गरीन्छ ।
पञ्चमीको भोलीपल्ट ब्रतालु महिलाहरुले नविन बस्त्र धारण गरी देवघरबाटभिजाएको बिरुडालाई पात्र सहित शिरमा राखि गौरा गित गाउँदै पानिको मुहान, नदी किनार वा न्वालोमा गई मर्यादा क्रम अनुसार बिरुडा धुने चलन रहि आएको छ। यसरी बिरुडा धुन टोलै पच्छे परमपरा अनुसार निश्चित पवित्र ठाउँहरु तोकिएको हुन्छ उक्त ठाउँमा पवित्रता वनाई राख्न परमपरा देखिनै नियमहरु बनाई पालना गरिएको हुन्छ। यसरी विरुडा धुने स्थललाई तीर्थ स्थान जत्तिकै सम्मान गरी बिरुडा धुने दिन उक्त स्थानमा स्थानीय धान, गहुँ, गुफो, गौरीघाँस, बल लगायतका वोटहरु उखेलेर लिई त्यसबाट गौरीको मुर्ति स्थापना गरी गौरा देविलाई नयाँ पहिरन स्वरुप पिछौडो चढाउने चलन समेत रहेको छ यसरी बिरुडा घुने ठाउँमा स्थापना गरिएकी देवीलाई जेठी गौरा भन्ने चलन रहि आएको छ भने र त्यस दिन पानि परेमा महेश्वरले जितेको र पानि नपरेमा गौरीले जितेको भन्ने चलन पनि रहेको छ। घर देखि पनिको मुहान सम्म जाँदा “ पाँणकी दिदी मजेलाकी भव्वा त हिट दिदी बिरुडी धुन् झानु।।।।।।।।।।।।।।।।।।भन्दै” माथिल्लो तलामा बस्ने दिदी र विचको तलामा बस्ने बैनीसमेतलाई सम्बोधनको भाखामा विरुडा धुन जाउ भनि गौरा गित गाएर मुहान तर्फ जान्छन् भने बिरुडा धोई सकेपछी सर्वप्रथम लोलिका विरुडा भनि स्थानिय देवी देवतालाई चढाउन प्रतेक भाँडोबाट बिरुडा छुट्टाई अलग भाडोमा राखि मन्दिरको कर्मचारीहरुको जिम्मा दिईन्छ। त्यसरी चढाउन जम्मा गरेका विरुडा अष्टमीको भोलिपल्ट देवालयहरुमा चढाउने र बाँकी रहेक बिरुडा प्रत्येकले आ(आफ्नो घरमा लग्ने चलन रहेको छ ।
गौरा पर्वमा पञ्चमीमा विरुडा भिजाउने, षष्ठीमा विरुडा धुने, सप्तमीको राति गौरा घरमा गौरा मनाउनेर अष्टमीमा अठेवाली सहित गौराखालामा गौराको विशेष पुजा आराधना गरिने हुँदा यीचार दिनहरुको आफ्नै विशेष महत्व हुने गर्दछ। यहा विचारणीय कुरा के छ भने तिथीहरुको घट बढ नभई पञ्च्मी देखि अष्टमी सम्म लगातार चार दिन सम्म गौरा मानईएमा उक्त गौरालाई “वाटा गौरा” भनिने गर्दछ तरतिथिहरुको को घटबढ भई षष्ठी र सप्तमी एकै दिन परेको खण्डमा बिरुडा धोएकै दिनकोराति गौरा घरमा गौरा ल्याई गौरा स्थापना गर्ने चलन रहेकोले यसरी यसलाई धोई गौरा भन्ने चलन रहेकोले बाटागौरा र धोइ गौरा गरी गौराको दुईवटा भेदहरु पाउन सकिन्छ । यसबाट के बुझिन्छ भने बिरुडा धोएकै राति गौरा घरमा गौरा मनाइन्छ भने त्यसलाई धोइगोरा भनिने र बिरुडा धोएको भोलिपल्ट सप्तमीका दिन राती गौरा घरमा गौरा पर्व मनाएमा त्यसलाई वाटा गौरा भनिन्छ।यसरी गौराकोतेस्रो दिन अमुक्ता भरण सप्तमी तिथिमा गौरा मनाउन आ(आफ्नो ठाउँको चलन अनुसार गौरा घर, मन्दिरको भण्डार घर वा परमपरा अनुसार कुनै व्यक्ति विशेषको घरमा समेत ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भई गौरा गित तथा सगुन फागहरु गाउँदै मुर्ती स्थापना गरी गौरा महेश्वरको विवाह उत्सव मनाउने चलन रहिआएको छ। यस दिनमा हिन्दु परमपरा अनुसारको विवाह संस्कार पद्धति अपनाई अग्नी साँची राखी सात फेरा रिटाएर गौरा महिश्वेरको विवाह गर्ने चलन रहेको छ ।
गौरा पर्व मनाउन सर्वप्रथम गौरा भित्र्याउने चलन रहेको छ। यो कार्य साँझ परेपछी मात्र गर्ने गरिन्छ। गौरा भित्र्याउने कार्यमा पनि ठाउँ विशेषका फरक फरक चलनहरु रहेका छन। कुनैठाउँमा गाउँका कन्याहरु मिलेर पञ्चबाँजा वजाई गौरा भित्र्याउने गर्दछन् भने कुनै ठाउँमा मन्दिरका कर्मचारी भरणे वा कुनै ठाउँमा जात विशेष समेतलाई परमपरा अनुसार यो जिम्मेवारी दिएको पाईन्छ।सप्तमीका दिन गौरा भित्र्याउन धान, सौ, तील, गौरीघाँस, बल, गुफो लगायतका विरुवाहरुको प्रयोग गर्ने गरीन्छ। यी समाग्रीहरुलाई निङ्गालोबाट बनेको गौरीडालोमा राखि गौराको मुर्ती स्थापना गर्ने काम गरीन्छ। यस दिन माता गौराको पृय बस्त्रको रुपमा पिछौरा ओढाईने विशेष किसिमको मालाको पहिरन सहित श्रृङ्गार तथा सौन्दर्यका समाग्रीहरु मातालाई समेत चढाउने चलन रहि आएको छ। गौरालाई दाह्रिम, सुन्तला, मौसमी लगायतका ऋतुफलहरु समेत डालोमा चढाउने चलन रहेको छ। उता महेश्वरको स्थापना भने पिर्को आकारको पवित्र काठमा भगुवा रङ्गको कपडाले शृङ्गारेर गर्ने गरिन्छ। यसरी सप्तमीको राति गौरा महेश्वरको स्थापना गरी गौरा मगेश्वरको विवाह उत्सवमा सहभागी हुन ब्रतालु महिलाहरुका साथसाथै स्थानिय देवी देवताका धामी, मन्दिरका पुजारी, भरणे, मुखिया लगायत गाउँका अग्रज व्यक्तिहरु समेत व्रत बसि गौरा महेश्वरको विवाह महोत्सवमा सहभागी हुने गर्दछन् ।
यसै दिन ब्रतालु महिलाहरूले सप्तम्म्या र दुब्धागोफेर्ने तथा नव ब्रतालु महिलाहरुले समेतकुल पुरोहित वा घरको वरिष्ठ महिला सदस्यवाट वेदमन्त्रको दीक्षा लिईसप्तम्या र दुब्धाको ग्रहण गर्ने चलन रहेको छ। यस क्षेत्रमा महिलाका लागि दुब्धाको र सप्तम्म्या लगाउनुको विशेष महत्व हुँनुका साथै विवाहित महिलाले विहान, दिउसो र साँझ गरी दिनको ३ पटक दुब्धाको र सप्तम्या पुजन सहित वेदको मन्त्र द्वारा भगवानको आराघना गर्नुअनिवार्य रहेको छ।हिन्दु पुरुषहरूकोयज्ञोपवित संस्कार जस्तै यस क्षेत्रका विवहित महिलाहरुले अनिवर्य रुपमा पवित्र सप्तम्या र दुब्धाको लगाउनु पर्ने नियम रहेको छ। महिलाहरुले पहिलोचोटि गौराव्रतको उपासना गर्दाशुक्ल पक्षमा परेको गौरा पर्वबाट ब्रत आरम्भ गर्ने चलन रहेको छ। शुक्लपक्षमा परेको गौरालाई उज्याली गौरा तथा कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा समेत भन्ने गरीन्छ। यसरी शुक्ल पक्ष तथा तीज पर्व समेतको आधार हेरी पहिलो पटक गौरा ब्रता उपसना गर्न उपयुक्त हुने गौरापर्वलाई फल्याली गौरा भन्ने र यस्तो गौरापर्वबाट ब्रत आरम्भ गर्नाले पति पत्नी वीच प्रेम सम्बन्ध अझ प्रगाढ हुने र सौभाग्य प्राप्त भई जीवन सुखमय हुने भन्ने जनविश्वास रहि आएको छ ।
यसरी अष्टमीको अघिल्लो दिनको साँझ विघि विधान र गौरा गित सहित गौरा महेश्वरको विवाह गरी भित्ररी गौरा मनाई सके पछी हरेकले आ(आफ्नो घरमा मिष्टान्न ताथा विभिन्न पकवानहरू पकाई भोलिपल्टउक्त भोजनहरु जुठो परी पर्व मनाउने नमिल्ने तथा दिनदुःखीहरुलाई समेत बाँडी खुसियाली मनाउने चलन रहेकाले यो पर्व समुदायमा प्रेम सद्भाव, तथा आपसी भाइचारा बढाउने एकता र मेलमिलपको पर्वको रूपमा समेत रहेको छ।यस पर्वमा मास मदिरा लगायतका तामासिक भोजनहरू परम्परादेखि नै निषेध गरीमीष्ठान्न तथा शाकाहारी परिकारहरु मात्रै पकाउने चलन रहेको छ ।
भित्री गौराको दिन गौरा महेश्वरको मुर्तिको समिपमा गाईको गोबरबाट दुईवटा कुण्ड निर्माण गरी उक्त कुण्डहरुमा छुट्टा छुट्टै गाईको गौंत र दुध राखिबर्तालु महिलाहरूले सफा धोती लगाई गाईको दुध र गौंतले भरिएका कुण्डहरुमा दुबोलाई चोपी आफ्नो शरीरमा छर्केर अभिषेक गरी कुण्ड स्नान गरिन्छ।कुण्ड स्नान गर्दाब्रतालु महिलाहरूलेमर्यादा क्रम अनुसार पालैपालो जोड मिलाएर नुहाउने चलन रहेको छ। यसरी कुण्ड स्नान गर्दा ब्रतालु महिलाको पतिनामको साथै पुत्रपुत्रीको नाम समेत स्मरण गरी दिर्धायुको कामना समेत गर्ने गरिन्छ। कुण्ड स्नान गर्नु पूर्व गौरा मातालाईउक्त कुण्डमा आएर बास गरी दिन गौरा गीत मार्फत आवान गरीन्छर गौरी माताले दूधको कुण्डमा स्थानीय देवी देवताहरुको बास भएकोले आफु दुधको कुण्डमाकसरी आउने भनि जवाफ फर्काउँदा ब्रतालुहरुले स्थानीय देवी देवताहरू सुनको सिंहासनमा विराजमान गरीबक्सेको कुरा गौरी मातालाई भन्ने र यसरी स्थानीय देवी देवता र गौरी माताको महिमाको वाचन गर्दै कुण्ड नुहाउने परम्परा रहेको छ। कुण्ड स्नान गर्दा गौरादेवीलाई ब्रतालुले कुण्डमा आवाहन गरेको र गौरा देवीले स्थानिय देवीदेवताहरुको गरिमा र महत्व दर्शाउदै जवाफ फर्काएको प्रसङ्गिक भावमा गित गाउँने चलन रहेको छ ।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त भुमीराज देवा त मुई लोली कसिकनाई चलु। भुमीराज देवासुनका सिंहासन तमुलोली दुध कुण्ड चल ।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त सिद्धकेदार मुई लोली कसिकनाई चलु। सिद्धकेदार सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त निङ्लाशैनीमाई माई लोली कसिकनाई चलु।निङ्लाशैनीमाय त सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त महारुद्र देवा मुई लोली कसिकनाई चलु।महारुद्र देवा सुनका सिंहासन तमुलोली दुध कुण्ड चल ।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त मणिलेक देवा मुई लोली कसिकनाई चलु। मणिलेक देवा सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त गोवाञ्जल देवा मुई लोली कसिकनाई चलु। गोवाञ्जल देवा सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त बामुनीज्यु देवी मुई लोली कसिकनाई चलु। बामुनीज्यु देवी सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त बालिचन देवा मुई लोली कसिकनाई चलु। बालिचन देवा सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै त वीर वेताल मुई लोली कसिकनाई चलु। वीर वेताल सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्डै जगन्नाथ देवा त मुई लोली कसिकनाई चलु। जगन्नाथ देवा सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्ड त चौरासी सिद्ध मुई लोली कसिकनाई चलु। चौरासी सिद्ध सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
चल तमि लोलीगमरा देवी दुधकुण्ड चल, दुधैका कुण्ड त तेत्तीसकोटी देवा मुई लोली कसिकनाई चलु। तेत्तीसकोटी देवा सुनका सिंहासन तमुलोली दुध कुण्ड चल।।
यसरी गौरा गित गाउँदा स्थान विशेष फरक फरक देवाताका नामहरु पुकार गर्ने चलन रहेको छ। कुण्ड स्नान गरी सकेपछि मात्रै स्थानीय महिलाहरूले सप्तम्म्या र दुब्धागो लगाउने चलन छ।गौरी महेश्वरको स्थापना गर्ने र शृंगार गर्ने चलन पनि ठाउँ र परमपरा अनुसार फरक फरक रहेको देखिन्छ। गौरीमहेश्वरको स्थापना स्थानीय देवताका धामीहरूबाट गराउने रउनीहरूले नै गौरीमहेश्वरको विवाह गर्ने गर्दछन्। विवाह गर्दा अग्निको वरिपरि गौरीमहेश्वरको मूर्तिलाई जन्म जन्मान्तसम्म यो विवाह अटल रहोस् भनीसातवटा फेरा घुमाउने चलन समेत रहेको छ। सप्तमीका राती विधिवत रुपले गौरा महेश्वरको स्थापना, विवाह तथा महिलाहरुले कुण्ड स्नान र समप्तम्म्या धारण गरी सकेपछी स्थानीय देवताका धामीले टिका दिई उक्तदिनको कार्य सम्पन्न हुने तत्पश्चात सबैले आ(आफ्नो घर गई मिठो मसिनो भोजन गर्ने गर्दछन।
गौरा पर्वको चौथो दिनलाई अठेवाली तथा दुर्वाष्टमी भनिन्छ। अनारी गौराको बर्ष कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन मनाउने गरिन्छ। यो दिन पनि महिलाहरु जम्मा भएर गौरा घरमा रहेको गौरा महेश्वरको मुर्तीलाई थप शृङ्गार गरी नयाँ गौरा बनाई गौरा महेश्वरको मुर्तीलाई शिरमा राखी थाली तथा मदानी समेत साथमा लिई गायन तथा नृत्यका साथ गौराघर देखि निस्केर गौराखलोमा जाने चलन रहेको छ। गौराखलो भनेको गौरापर्व खेल्न बनाएको ठाउँ हो जसलाई मन्दिर जस्तै पवित्र स्थानको रुपमा लिईन्छ। यस क्षेत्रमा गौराखलोको ज्यादै ठुलो महत्व हुनुका साथ साथै गौराखलामा जुत्ता चप्पल फुकालेर मात्र जाने र मृतसुतक तथा महिलाको मासिक धर्म भएको छ दिन सम्म गौराखलोमा नजाने चलन समेत रहेको छ। गौराखलोलाई गौरा मनाउनुका साथसाथै सार्वजनिक कार्यक्रम गर्ने ठाउँको रुपमा समेत प्रयोग गरिदै आएकोले पछिल्लो समय टोल टोलमा पवित्र गौराखलो सुधारमा ज्यादै जोड दिएको देखिन्छ जुन साँस्कृति प्रवर्धनको लागी ज्यादै सकारात्म पक्ष हो। गौराखलोमा कालो पत्थरबाट विशेष मञ्च निर्माण गरिएको हुन्छ जसलाई “कालोपाट” भनि सम्बोधन गर्ने चलन रहेको छ जुन देवताका धामीहरु बस्ने विशेष आसन हो। देवता कामेको समयमा मात्र धामीहरु कालोपाटमा गएर आफ्नो सम्बोधन गरी दर्शनार्थिहरुलाई टिका लगाई शुभआशिष दिने गर्दछन।
गौराघरबाट गौराखलामा ल्याईएको गौरा महेश्वरको मुर्तीलाई थालीमा राखि गोलो घेरामा उभिई ब्रतालु महिलाहरुले गौरा महेश्वरको जीवनसँग सम्बन्धीत प्रेम प्रसंग एवम् विभिन्न घटना संबादहरु तथा गौरा महेश्वरसँग जोडीएका विभिन्न जीवजन्तु तथा बनस्पतीहरुको समेत गौरा गीत मार्फत महिमागान गरी विरुडाले दिन भरी गौरी महेश्वरको पुजन गरीन्छ। यो पर्व विशेषगरी गौरा महेश्वरको उत्पत्ती तथा मिलनका कथाको आधारमा मनाइने हुँदा यस पर्वलाई समाजमा सदाचार, आस्था, प्रेम,त्याग, समर्पण , सौभाग्य तथा आपसी मेलमिलाप, भाईचारा एवम् पतिव्रता र पत्नीव्रत धर्म सिकाउने महान पर्वको रुपमा मानिने गरीन्छ। यस पर्वमा गौरा महेश्वरको महिमागान सुन्न स्वर्गलोकबाट देवताहरु समेत आई पर्वमा सहभागी हुने जनविश्वास रहेको छ। सुदुरपश्चिम देवताहरुले बसोबास गर्ने देवभुमी भएकोले यो पर्वमा सबै देवी देवताहरु खुसी भएर रमाउने हुँदा यस पर्वमा सबै देवी देवताहरुको दर्शन गर्न पाईन्छ ।
यो पर्व माता गौराको जीवनमा आधारित पर्व भएकाले उनको जीवनमा घटेका प्रमुख घटनाहरु र महेश्वरसँग भेट, महेश्वरलाई बरपाउन गरेको तपस्या तथा आमाबुवाको भूमिका आदि विशेष रुपमा पर्वमा उल्लेख गरिन्छ। यी घटनाहरुलाई गीत संगीतहरूका माध्यमबाट वर्णन गरी मनाइने हुँदा पर्व ज्यादै रोचक र रहस्यमय हुने गर्दछ।मर्यादा पुरुषोत्तम भगवान श्री रामको परीक्षा लिएको घटना पछी भोलेनाथले भित्री रुपमा सतिदेवीको त्याग गरिसकेपछि उक्त कुरा सतीदेवीले थाहा पाई उनले दोस्रो जन्म लिएर भगवान शिवजीलाई प्राप्त गर्ने इच्छा राखेकी थिइन् सो इच्छा बमोजिम हिमालय पर्वतराजको घरमा महारानी मेनकाको गर्भबाट पार्वतीको जन्म भएको भन्ने किम्वदन्ती रहेको छ। पार्वतीको जन्म पश्चात उनमा विलक्षण स्वभाव देखा पर्दछ उनी स्वभावले अरु कन्याभन्दा फरक,बाल्य उमेरमा समेत दूरदृष्टि का साथ काम गर्ने र भगवानको पुजा आराधनाम बढि ध्यान दिने स्वभाव भएकी तथा रूप लालित्यमा समेत अत्यान्तै सुन्दरता र अपारमनमोहकताले भरिपुर्ण थिइन। उनको जन्म पश्चात हिमालय पर्वतको घरमा धनधान्य तथा ऐश्वयको वृद्धी भई आनन्दको वातावरण हुनाक साथै राज्यमा समेत सबै प्रजाहरु ऋण, दुःख ,कष्ट, अभाव र पीडाबाट मुक्त भई समाजमा प्रेम तथा सदभावको वातावरण रहेको थियो। ती कन्याको दर्शन पाउने जो कोही पनि दुःख कष्टबाट छुटकारा पाउने गर्दथे। उनको शारीरिक बनोट दिन, महिना, वर्ष हुँदै फरक हुँदै गइरहेको थियो। यो कथामा सबै भन्दा पहिले गौरा र महेश्वरको उत्पत्ति विषयलाई वर्णन गरिन्छ। गौरादेवीको उत्पत्ति धान, सौ, गङ्गा किनारको बलको वोट, तिलको बोट, कुर्जोको वोट, वनको चुलेसी घाँस,बाट गमरादेवीको उत्पत्ति भएको भन्ने कुरा यस कथामा उल्लेख भएको पाइन्छ त्यस्तै श्रीखण्डको काठ र सुनको चौकीबाट महेश्वरको उत्पत्ति भएको भन्ने कुरा यस कथामा उल्लेख गरिन्छ मेनकालाई यस कथामामैनावती र हिमालय पर्वतलाई रूपनारायणको रूपमा वर्णन गरिएको छ मैतावतीको कोखबाट गौरादेवीको उत्पत्ति कसरी भयो भन्ने बारेमा पनि यसमा उल्लेख गरिएको पाइन्छ। कुनै समयमा मैनावतीलाई मासिक धर्म भएको र चार दिनपछि गंगा स्नान गरी कैलुगाईको गौतले शरीरलाई शुद्ध गरिन्। त्यसपछि सौन्दर्यपूर्ण फूलको बगैचामा गइन् जहाँको सुन्दर दृश्य वर्णन गरि नसक्नु छ त्यो सुन्दर फुलबारीबाट फुल टिपेर ल्याएर भगवान सूर्यदेवलाई चढाइन उक्त कार्यबाट भगवान सूर्यदेव प्रसन्न भएर गौराको शरीरमा पवित्र वर्षा गराई जसको कारणबाट मैनावती गर्भवती भइन् । एक दुई महिना बितिसकेपछि जब तीन महिनाको समयमा मैनावतीको शरीरमा अप्ठ्यारो महसुस भयो उनलाई खाना खान मन नलाग्ने, पानी पिउन मन नलाग्ने, काम गर्न मन नलाग्ने जस्ता शारीरिक कमजोरी देखिएकाले मैनावतीले आफ्नो शरीरमा यस्तो दुर्बलता आएको कुरा रुप नारायणलाई बताउँछिन्। उनका पति रूपनारायणलाई पत्नीको यस्तो अवस्थादेखि साह्रै डरलाग्दछ र उनी ज्योतिष शास्त्रका ज्ञाता आफ्नाकुलपुरोहित कहाँ जान्छन्। ज्योतिषले आफ्नो ज्योतिषशास्त्रको प्रयोग गरी त्यसको निधान गर्ने कोसिस गर्दछन्। रूपनारायणले घरबाट लगेको साली चामल र सुनको रुपैयाँ ज्योतिषको चौकीमा भेटी स्वरुप राख्छन् । ज्योतिषले पहिलोचोटि हेर्दा पनि राम्रो प्रश्न आयो दोस्रोचोटि हेर्दा पनि राम्रो घेरा आयो यो देखेर ज्योतिषले भविष्यवाणी गरी उनलाई कुनै किसिमको अनिष्ठ नभएर मैनावतीको कोखबाट एउटा सुन्दर कन्याको जन्म हुने तीकन्या एकदमै सुन्दर र तपस्या गर्ने खालको हुने भनिकन्याको बारेमा भविष्य बाणी गरेपछि उनी घर फर्कन्छन्।त्यही विचमा मैनाबतीलाई दाह्रिम खाने मन लाग्छ उनी दाह्रिको मालिको घर जान्छिन तर त्यो बगैचाको मालिकले बाचा गरेपछी मात्रै दाह्रिम दिने कुरा गरेछन्। मैनावतीले के कुरा बाचा गर्ने भन्दा तिम्रो गर्भवाट कान्या जन्मेमा त्यो कन्यासँग मेरो विवाह गर्ने कुराको वाचा गर भनि भनेछ र मैनाबती पनि त्यस कुरामा सहमत भई मालिलाई छोरी दिने कुरामा बाचा गरिन्। त्यो बगौचाको मालिक अरु कोहि नभएर महेश्वर स्वयम् नै रहेको भन्ने समेत उल्लेख गरिन्छ। मैनावतीलाई पाँच महिनाको समय हुँदै १० महिनाको समय आएको पनि थाही भएन। जब उनी गर्भवती भएको दश महिना पूरा भयो तब उनको कोखबाट एउटा कन्याको जन्म हुन्छ यसरी कन्या जन्मेको एघारौँ दिनमा नामाङ्करण संस्कार हुन्छ ब्राह्मणले उनको राशिकुम्भ र गौरी भनेर नामांकरण गर्दछन। यसरी दिन,महिना र वर्ष बित्दै जाँदा जब गौरीलाई ११ वर्षको उमेर पूरा हुन्छ उनको बिहेको कुरा आउँछ गाउँका मान्यजन सबैलाई बोलाएर उनको बिहेको कुरा चलाइन्छ।
एकैदिन भयाकन्या दुई दिन भया
एकै महिना भया कन्या १२ महिना भया
एकै वर्ष भया कन्या ११ वर्ष भया
११ वर्ष लोली कन्या बियौनी भई जोग
भनेर यसरी गीत गाइने गरिन्छ गौरीको बिहेको बारेमा कुरा चलिरहेको समयमा अचानक गौरी आएर आफ्ना बुबा रुपनारायणलाई आफू गंगा किनारमा गएर तपस्या गर्ने र त्यहाँ एउटा कुटी बनाइदिन अनुरोध गरिन। यो सुनेर रूपनारायण लगायत सम्पूर्ण सभासद्हरु अचम्ममा पर्छन् र उनलाई सम्झाउने प्रयास गर्दछन्।“ तमरापुत वालीकन्या तपुलवै नाई हुनो, कित तपु गरन्नी सिता पार्वता, कित तपु गरन्नी दुरुपता रानी” भनेर तपस्या गर्ने भनेको पार्वती सीता रुक्मणी द्रोपदी जस्ता नारीहरूले हो सानी कन्याले तपस्या गर्न सक्दैन भनेर गौरालाई सम्झाउने प्रयास गरिन्छ तर उनले नमानेपछि ज्योतिषको भविष्यवाणी याद आउँछ र कुटी बनाउनको लागि रूपनारायण तयार हुन्छन्।आफ्नो बेगसात बगिरहेको गङ्गा नदीकोतटमा एकान्त स्थलमा गौराको लागि कुटी तयार गरिन्छ जसको वरिपरि जंगलले ढाकेको र दुवैतिरसम्म परेको किनारा मानौ कि त्यहाँ स्वर्गका देवताहरु पनि स्नान गर्न आउने गर्दछन्। यस्तो सुन्दर मनोरम दृश्य भएको ठाउँमा भगवान भोलेनाथलाई आफ्नो जीवन साथी पाउँ भनेर माता गौराले तपस्या गर्छिन्। उता भोलेनाथ पनि सतीदेवीको पुनर्जन्म भइसकेको कुरा थाहा पाएर पृथ्वीलोकमा आई महेश्वरकोरुप धारण गरी गौरीको तपस्याको रहस्यलाई राम्रोसँग अवलोकन गर्न र गौरीको तपस्यालाई साकार पार्न त्यही नदीको पारिपट्टी भैसी चराउने ग्वालाको रुपमा दिनहु त्यहा आउँछन। यस विचमा
“वारी बाटा बालिकन्या हारकि औणन्नी
पारीबाट मयासर घोडा कि धबौन्ना
घोडिया धपुन्ना गुसाई पानकि चपउन्ना
सानन सालन्नी कन्या मथेडो कोरन्नी
वारीबटा मयासर वासुली बजुन्ना
पारीवाटा लोलीकन्या विणई बजुन्नी”
भनेर गौरागित गाएर वारी पट्टी गौराले शिवजीकोलागी माला तयार गर्दछिन भने पारीपट्टी उनी घोडामा चढ्दछन्। वारीबाट गौराले बालुवाबाट बनेको मिष्ठान्न भोजन तयार गर्दछन भने पारीपट्टी महेश्वरले धोडामा चढी पान चपाउँदछन।वारीपट्टी गौराले कपाल कोर्दछन भने पारीपट्टी महेश्वर वेद पढ्दछन। वारी पट्टी महेश्वर वेद पढ्दछन भने पारिपट्टी गौरा वीणा बाजाउँछिन। विणाको श्वरले मन्त्रमुग्ध भएका महेश्वर पारी पट्टी गौरा भएको ठाउँमा पुग्दछन् भनी गौरा मगेश्वरको प्रेम प्रसंगलाई जोड्ने चलन समेत रहेको छ ।
धेरै वर्षसम्म लोलीगमरा र महेश्वरको आपसी मौन प्रेम अन्तमा विवाहमा परिणत हुन जान्छ जसको लागि मायासरले गमराको घरमा गएर मगनी गर्ने कुराको तय हुन्छ। जसका लागि मयासरले जोगीरूप धारण गरेर मैनादेवी र रूपनारायणको घरमा जाने कुरा तय हुन्छ। कुन घर हो भनेर कसरी थाहा पाउनेरु कुन बाटो भएर जानेरु कसरी घर थाहा पाउनेरु भन्ने कुरा सन्दर्भमा आफ्नो बुवाको घरको बाटो र घरमा भएको विशेषताहरूकोवर्णन गौरीले यसरी गर्दछिन।
वावा ज्युका माल आगि कुसुम सुवाडी
उईरेहोला वडूभाट वावाज्यूको घर
वावा ज्यूको माल आघि तुलसी विणवा
उईरेहोला वडूभाट वावाज्यूको घर
लासवाद्या हात्ती हुन्ना लासै वाद्या घोडा
वावा ज्युका माल अगि वादेकी नवाली
वावा ज्यूका माल आघि जोला मुङरौँ
वावा ज्यूका माल आघि मुङरीञा केला
गौराले गौरा गित मर्फत घर जाने बाटो बताउँदा मेरा बुबा ज्युको घर जाँदा दाँय हातको बाटो हुँदै जानुपर्दछ। बायाँ हातको बाटो गयो भने घनघोर जंगलमा पुगिन्छ। गाउँमा पुगिसकेपछि मेरो बुबाको घरको वरिपरि कुसुमको फूल को बगैँचा, आँगनमा तुलसीको बोट, हात्तीसार, सुन्तला र दाह्रिमको बगैचा, सफा पानीको नुवालो,आगनमा एक हल गोरुबाधेको चारैतिर पर्खाल लगाएको आगन बीचमा सभास्थल भएको तथा घरभित्र जानको लागि लिसन ९भर्याङ० भएको त्यही मेरो बुवाको घर हो भनेर बताउँछिन् यति सुनिसकेपछि जोगीको भेसमा मयासर गौराको माइत भिक्षा माग्न जान्छन्। यहा मयासरले आफ्नो गोत्र कश्यप र गौरीले साङ्लो गोत्र भएको कुरा बताएको पनि प्रसँग आउने गर्दछ। महेश्वरभिखारीको मगन्ते भेषमा शरीरभरी खरानी घसेर मैनावातीका घरमा जान्छन्। घरमा साधु सन्यासी आएपछि उनको सम्मान गर्ने र उनलाई यथाशक्य दान दक्षिना तथा भिक्षा दिने परम्परा हाम्रो सनातन परम्परा हो। यही कुरालाई ख्याल गरेर मैनावती भिक्षुलाई भिक्षा दिन तयारी गर्दछिन्। सुनको थालमा शालिका चामल राखेर भिक्षकलाई भिक्षा दिन खोज्छिन् तर भिक्षुको त्यो भिक्षा लिने इच्छा हुँदैन र भिक्षुले यस्तो चिज वस्तु मेरो घरमा पनि भएको कुरा बताउँछन् । त्यसपछि गाग्रो, तामाको ताउलो, तामाका भाडा बर्तन, भात खाने थाल, दुध दिने भैसी, गाई एकल गोरु समेत मैनावतिले भिक्षा दिन खोज्छिन् तर ती सबै चिज वस्तु आफ्नो घरमा भएको र ती चिज वस्तुहरु लग्दैन भनेर भिक्षुले भिक्षा लिन इन्कार गर्दछन्। त्यस पछि मसँग भएको चिज वस्तु मात्र माग नभएको चिज वस्तु नमाग भनेर मैनावतीले भन्दा मायासरले हजुरसँग भएको चिज मात्र माग्न खोजेको हो भिक्षा दिने बाचा गर्नुस् भनि बाच्य बोल्न लगाउँछन्।यसरी पाँचचोटीवाच्य बोलाइसकेपछि तपाईको कन्या मलाई भिक्षा देउ भनी भिक्षाको रुपमा मैनावतीसँग गौरालाई माग्दछन्। भिकारीको कुरा सुनेपछि मैनावती आकाशबाट खसे जस्तै भएर शरीर भरी छारैछार घसेर हिड्ने छारफुकालाई मेरो छोरी कसरी दिने भनी इन्कार गरी शरीरको खुट्टा देखि शिरसम्म खरानी भएको मान्छेलाई कसरी मेरो छोरी दिने भनी खिसीट्युरी काट्दै त जस्तोलाई मेरी कन्या दिन है त सूर्य चन्द्रमा भगवान राम कृष्ण आदि देवताहरुलाई मेरी कन्या दिनेछु भन्दछिन। मैनावतीको यस्तो उत्तर सुनेपछी त्यसको उत्तरमा जोगीको रुप धारण गरेक महायासरले सूर्यलाई तिमिले छोरी दिए सुर्यको ताप खप्न नसकिजल्नेछन। चन्द्रलाई दिएचन्द्रमाको मोहमा परी निद्रामै भुल्ने र रामलाई दिए सीताको सौता, कृष्णलाई दिए रुक्मणीको सौता र विष्णुलाई दिए लक्ष्मीको सौता तथा महादेवलाई दिए पार्वतीको सौता हुनेछन् भनेर भिक्षुले भनेपछि मैनावतीले तलाई मेरो छोरी दिनु भन्दा बरू माटोमै गाड्छु, आगोमै जलाउँछु, पानीमै बगाउँछु तलाई मेरो छोरी दिँदैन भनि इन्कार गरेपछि गौरादेवी पनि त्यहाँ आइपुग्छिन् र जोगीलाई वास्तविक रूपमा प्रकट हुन आग्रह गर्दछिन्। त्यस पछि जोगी पनि आफ्नो भेष बदली एउटा सुन्दर स्वरूपमा देखा पर्दछन्। त्यो कुमारको यस्तो सुन्दरता थियो कि जसको रूपको मोहमा परि जो कोही नारी पनि मोहित नहुने कुरै थिएन भिखारीको यस्तो सुन्दर रूप देखेपछि स्वयं मैनावती समेत मोहित भएर गौराले विवाह गरे ठिक नत्र मै पनि विवाह गर्न तयार छु भनि केटालाई आफूतिर आकर्षित गर्न थालिन्। मैनावतीको यस्तो अवस्था देखेर मायासरले हजुर त मेरो सासुआमा हुनु भएको कारण हजुरसँग बिहे गर्ने कुरै भएन भनि मैनावतीलाई सम्झाईमहेश्वरले गौरीसँग जङ्गलमा पहिलेनै गोप्य रुपमा विवाह भईसकेकोकुरा बताउँछन। गौरा महेश्वरले गोप्य रुपमा विवाह गर्दाउन्को विवाह भएको कुराजङ्गली जनावर तथा गाईवस्तुहरूले लुकेर हेरेको कारण हेर्ने जीवजन्तु मध्ये गौरीले बाख्रालाई तेरो सन्तानको बलि होस् भन्ने श्राप दिएको, भैंसीलाई राँगाको बलि होस् भन्ने श्राप दिएको, मौरीलाई महको ढाड होस् भन्ने श्राप दिएको, गोरुलाई जोतिनु पर्ने श्राप दिएकोतथा गाईलाई तेरो मुखअशुद्ध होस् भन्ने श्राप दिएको भन्ने किम्बदन्ती रहेको छ।
छाड्यो गुसाई मयासरले तपसीको रुप
पैर्यो गुसाई मयासरले आफनो रुप
पैर्यो गुसाई मयासरले आफनु धारण
हात्तिको पत्तर समाई सेवालाईन आया
वाहिरबाट मायासर वेद कि पडन्ना
भित्रीवाटा मैनावती रुपकी पैरन्नी
यसरी मायासरले सुन्दर रुप धारण गरी गौरासँग गोप्य रुपमा विवाह भएको करा बताएपछी बिहे हुने निश्चित हुन्छ र मैनावतीले मयासरलाई तेरो विहेमामा बर्याती को कोआउछनरुदुलहीको लागी कस्तो लुगा ल्याउँछौरुजन्तमा अगाडी को आउँछरु बामुनको आउने होरुफगारी को को आउछनरु भनि प्रश्न सोद्धा त्यसको उत्तरमा मयासरले वेदुवा बामुन आउने, थानको कपडा ल्याउने, पञ्व फगारी आउने आदी कुरा बताउँछन्। यसरी मयासर र गौरीको बिहे छिनेको समय चैत्र मास भएकाले त्यतिखेर खानाको अभाव तथा फलफुलको अभाव हुने भएको हुँदा भाद्र महिनाको शुक्लपक्षमा विवाह गर्ने कुराको निधो गरियो। यसरी गौरा मयासरको विवाह सम्पन्न भइसकेपछि केही दिनसम्म राम्रो सुखमय जीवन बित्यो तर महेश्वरको घरमा परिवार धान्न आवश्य खाद्यान्न सामग्री नभएकोले केही परिसानी उत्पन्न भई गौरामहेश्वर अभावको जीवन बाँच्न बाध्य हुन्छन। त्यत्तिकैमा एकदिन मयासरले गौरालाई तसँग बिहे गरे पछि मेरो घरमा अपसकुन भएको खानाको अभाव, दुधको अभाव, पैसाको अभाव भयो भनी गौरालाई अलक्षिना भन्ने मनसायको कुरा सुनाए पछी त्यसको प्रतिउत्तरमा गौराले आफू सुलक्षणा भएको र आफूले कहिले उभिएर पानी नपिएको, उभिएर कपाल नकोरेको, बसेर लिपपोत नगरेको, रातमा ब्युझेर खाना नखाएको, औंशी पूर्णिमाको दिनमा घरमा आएको मान्छेलाई भोकै नपठाएको एवम् एउटा कुशल नारीमा हुनुपर्ने गुण आफूमा भएको भनी रिसाएर माइत गइन। यसरी गौरा रिसाएर माईत गएपछी मयासर पनि गौरीलाई खोज्दै हिड्दछन। यसरी मयासरले गौरीको खोजि गर्दै हिड्ने क्रममा बाटोमा सबभन्दा पहिले सल्लाको बोटसँग भेट हुन्छ र मयासरको मेरी लोलीगौरालाई देख्यौकी भनि सोद्दा सल्लाले म आफै आफ्नै सुसाट भूपाटमा भएकोले मैले कसैको लोलीसोली देखिन भन्ने जवाफदिएको हुनालेमयासरलेतिम्रो काटिएको मुडो नपलाओस् भनी सल्लालाई श्राप दिएको हुँदा उक्त दिन देखि सल्लो काटेपछिपलाउँदैन भन्ने किम्बदन्ती रहेको छ। त्यसपछि बाटोमा मयासरको भेट जुकासँग भएको र उसलाई लोली गोराको बारेमा सोध्छन् जुकाले रोक्न खोजेको तर मलाई टिपेर फालेको भनी भन्दा तिमीले खाएको कसैले थाहा नपओस भनि श्राप दिएको र त्यसपछी हिँड्दै जाँदा महेश्वरको भेटऐरोको बोटसँग भएको र ऐराको बोटसँग गौराको बारेमा सोध्दा उसले पनि आफूले रोक्न खोजेको तर सिधा भएकोले रोक्न सकिन भन्दा तेरो काँडा उल्टो होस् भन्ने श्राप दिएको भन्ने कुराहरु गौरा गितहरुमा उल्लेख गरेको पाईन्छ। त्यसरी बाटामा सोध्दै जाँदा अन्तमा मयार ससुराली पुग्दछन् र सुरालीमा गौरीको कामलाई लुकेर हेरी रहन्छन्। गौरीले माइतमा गएर सिस्नुको खोले अखाँडी खान्छन्। पकाउनको लागि र टोटो ताप्के र बुढो गोरु समेत दाईजो लिएर घर फर्कन्छिन् गौरीले सिस्नाको अखाँडी टोटे ताप्केलाई पछ्येरीमा लुकाएर ल्याएकि हुन्छिन्।उता महेश्वरले पनि गौराको पछि पछी लागेर घर फर्किछन् र बाटोमा गौरी महेश्वरको भेट भए पछी माइतमा गएर के के खायौ रकोसेलीके ल्याएर आयौ भनी आफ्नी प्रेमिकालाई सोध्दछन। गौरीले जवाफमा माइतमा आफुले खिर खाएकोले कोसेलीको रुपमा खिर ल्याएको तथा चरुतौलो र हात्तीदाइजोमाल्याएको कुरा बताउँछिन्। चरोतौलो भनेको तामाको ठूलो भाँडो हो जसको तौल चार धार्नी देखि लिएर छ धार्नी सम्म हुन्छ। सुदूरपश्चिमको ग्रमिण भेगमा चरू तौलो हुने मान्छे मान्छेलाई सम्पन्न मानिन्छ। त्यसैले गौरीले पनि आफूले चरू ताउलो ल्याएको भनि प्रसङ्गमा उल्लेख गरिएको हो। गौरीको यस्तो कुरा सुन्दा मयासरले पिछौरीमा के ल्यायौ खोलेर देखाउन भनेपछि आफ्नो झुट पक्रिने भनि उनी धर्म संकटमा परी ईश्वरको ध्यान गरिन्। गौरी सत्य निष्ठा भएकी पतिव्रता नारी भएका कारण उन्को पुकारलाई ईश्वरले सुनि उनले पछौरी उखेलेर देखाउँदा साँच्चिकै त्यहाँ सिस्नुको अखाँडी सट्टामा खिर, टोटो ताप्केको चरु ताउलो हुनुका साथै दाईजोमा ल्याएकोबुढा गोरु समेत हात्तीमा परिणत भयो। यसरी पतिब्रता नारीमा विलक्षणशील शक्ती हुन्छ जसले गरेको पुकार ईश्वरले पनि पुरा गर्दछन् भनि पतिव्रता धर्मको महिमागान समेत गौरा गितहरुमा उल्लेख गरेको पाईन्छ।यसरी अष्टमीको दिनमा यो प्रेम प्रसङ्गलाई महिलाहरू गीतको माध्यमबाट गाएर व्रत सिध्याउँछन् यसलाई स्थानीय भाषामा अठेवाली गाउन पनि भनिन्छ। यसरी अठेवाली गाइसकेपछि गौरा र मयासरलाई शिरमा राखेर गौरा नचाउने चलन छ। गौरा नचाइसकेपछि गौराखलोमा स्थानीय देवताका धामीबाट टीका लगाउने चलन छ। यसरी अष्टमीको दिन गौरा पर्वको अन्तमा गौरा महेश्वरलाई चढाईएका ऋतुफल तथा पञ्च। बिरूडीलाईसफा चादरमा राखेर आकाश तर्फ फालेर पाँच चोटी फलफट्काउने चलन रहेको छ। फल फट्काउँदा जसले आकाशमै भुइँमा नखसेको बिरुडा वा फलहरु प्राप्त गर्न सक्छ त्यसको राम्रो हुन्छ भन्ने मान्यता भएकोले फलफड्काउने चलनज्यादै रोचक हुनुका साथै यसमा तछाड मछाड तथा भागदौड समेत हुन्छ। फल फट्काएपछी अन्तमा बिरुडालेमुण्डो पुज्ने चलन रहेको छ। स्थानिय भासमा शिर अथवा टाउकोलाई मुण्डो भन्ने गरिन्छ। गौरा व्रत बसेका महिलालेबाघजती बलियो भए, स्याल जति मोटो भए, जोली खाट सिन् पाए, जोला पुत खेलुन पाए, जोला गाई दुन पाए, दुबाकि जिनि चौडिए, गुफाकी जिनि फुलिझे, तालुकि जिनि न्युडीझे, हिमाञ्जल हिउँ छन्ज्या सम्म बाँची रहे, मेरमन्दिरकी जिनि अटल रहे” पञ्चडमीको बिरुडो दशैको जौंरो, दुत्याको चिउँरोसधै प्राप्त भइराखोस् भनिशुभ(आशिषका दिँदै बिरुडाले सबैको मुण्डो पुज्ने गर्दछन्।महिलाहरुले एकआपसमा पनि मुण्डो पुज्ने चलन रहेको छ।यसरी यस क्षेत्रमा गौरालाई सबैभन्दा ठुलो पर्व तथा पञ्चमीको बिरुडोलाई सबैभन्दा विशिष्ट तथा पवित्र वस्तु मान्ने चलन रहेको छ। यसरी यस क्षेत्रमा पञ्चमीको बिरुडा, दशैको जमरा, द्वितियाको९भाईटिका० चिउँरो प्राप्त गर्नु सौभाग्यको प्रप्तिको प्रतिकको रुपमा लिने गरिन्छ।।