

महेन्द्रनगर । भारतबाट भन्सार छली गरिएको भित्रिएको चार लाख बढीको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाईले विभिन्न स्थानबाट समान बरामद गरेका छन् ।

प्रहरी कार्यालयका अनसािर इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ८ हजार, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी ७ हजार, वडा प्रहरी कार्यालय महेन्द्रनगर ९४ हजार ३ सय ३०, सीमा प्रहरी चौकी ब्रह्रमदेव १७ हजार, प्रहरी चौकी भुडा १४ हजार ५ सय ३०, प्रहरी चौकी फटैया १८ हजार, प्रहरी चौकी झिलमिला ५ हजार ५ सय, अस्थायी प्रहरी बिट भासी ६ हजार ८ सय, र अस्थायी प्रहरी बिट चम्फापुरले ४ हजार मूल्यको समान बरामद गरेको छ ।

बरामद समानमा कस्मेटिक सामान,हार्डवेयरका सामान,सुर्ती,केबुल तार,तेल,बल्ब,बिडी,चिनी,सलाई,दाल,बिस्कुट, नरिवल, पेयपदार्थ,नम्किन र जुस छन् । ती समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ ।

