ghar sansar

कांग्रेस उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुन्छ : गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने बताएका छन् । प्रेस युनियन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताएका हुन् ।

बिहान सशस्त्र प्रहरीको वीओपी उद्घाटन गर्न मुस्ताङ गएका गृहमन्त्री लेखक काठमाडौं फर्किने क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गरेका थिए ।

dirghayi clinic

पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको उनले बताए । उनले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको बताए ।

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्थापना गर्न अध्यागमन कार्यालय राख्ने सरकारको १०० दिनको योजनाअनुरूप आज उद्घाटन गरिएको उनको भनाइ छ । सोहीअनुरूप आवतजावत गर्न धार्मिक पर्यटक र व्यापारिकरूपमा ’आजसम्म जिल्ला प्रशासन कार्यालयको अनुमति लिइन्थ्यो,’ उनले भने, ’अबदेखि अध्यामनले नै अनुमति दिनेछ । १५० दिनसम्मको भिसा लगाएर नै आउजाउ गर्न सकिन्छ ।’

कोरला नाका गण्डकी प्रदेशमात्र नभई छिमेकी राष्ट्र भारतसँग जोडिने नाका भएकाले मुलुककै लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ । २०१२ कै प्रहरी ऐनमा प्रहरी प्रशासन चलेको भन्दै उनले हिउँदे अधिवेशनमा प्रहरी ऐन पारित गर्ने तयारी रहेको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...