ghar sansar

निङ्गलाशैनी सहकारीको बार्षिक समीक्षा गोष्ठी

little buddha academy
khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी सस्थाली का अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता एबम् राष्ट्रिय सहकारी बैंक प्रदेश प्रमुख दिनेश गेलालको प्रमुख आतिथ्यमा बार्षिक समीक्षा तथा योजन गोष्टी सप्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक लक्ष्य एवं प्रगतिको समीक्षा गर्दै चालु आ ब २०८२÷०८३ को नयाँ लक्ष्य निर्धारण गर्नुका साथ साथै लक्ष्य प्राप्तिका लागि आबश्यक नीति र कार्यक्रम सहितको योजना निर्माण गरेको छ ।

,orning glory badhai

उत्कृष्ट बित्तीय सेवा सहितको सहकारी भन्ने मुख्री ध्येय रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारिले सहकारी शिक्षा तथा बित्तिय साक्षरता कार्यक्रम , सीप मुलक तथा उधमशिलता तालिम , सदस्यहरु सङ्ग सम्बन्ध बिस्तार, योग एवं आयुर्वेद को प्रचार , बालबलिका र महिला सहभागीतामा सास्कृतिक प्रवद्र्धन गर्ने कुरा सस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि भीमदत्त नगरपालिका १७ अध्यक्ष पदम बुढाले निङ्गलाशैनी सहकारीले छोटो समयमा गरेको उपलब्धिका कारण आफू हर्सित भएको र चालु आब मा वडा कार्यालयले सहकारी संग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

dirghayi clinic

सस्थाका पुर्व अध्यक्ष दिपक प्रसाद जोशिले सहकारिको कार्य प्रगतिको सराहनागर्दै सस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिका र चाल्नु पर्ने उचित कदमबारे जानकारी दिँदै सञ्चालक समिति र उप समितिको अझ बढी कृयाशिलतामा प्रकाश पारेका थिए ।

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक , उप समिति, शाखा समन्वय समिती र कर्मचारी गरि ७५ जना बढिको सहभागीता रहेको थियो ।

समिक्षा गोष्ठीमा सदस्य हरुको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता भएको हँुदा सहकारिले बीउ श्रोत केन्द्रको सञ्चालन , स्कुल अफ कोअपरेटिभ , कष्टम हायरिङ्ग सेन्टर लाई अझ बढी ब्यबस्थित गर्नु पर्ने भएको ले अन्य सहकारी भगेनी सम्बन्ध स्थापना गरिने र भिमदत्त नगरपालिका भित्रका आव सेवा केन्द्र एकिकृत रुपमा एकै कार्यालय बाट संचालन गर्न बजारमै मुख्री कार्यालय सन्चालन गर्न यस बर्षको मुख्य योजना रहेकोकुरा प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताए ।

सस्थाका प्रबन्धक बबिता चन्द बमले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रबन्धक सन्तोशी चन्द, निशा चन्द ,तुल्सी लेखक, लिला भट्टले प्रगती प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक महेन्द्रनगरका प्रमुख प्रकाश सिंह कार्की लगायतका सहभागी भएका छन् ।

     

Himal dental
सम्बन्धित
Loading...