ghar sansar

यस कारण निर्माणमा सदस्य हुन चाहन्छन् चन्द्र सिह विष्ट

little buddha academy
khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं कार्य समिति निर्वाचनमा चन्द्र सिंह बिष्ट सदस्यका लागि चुनावी प्रचारमा होमिएका छन् ।

दोधारा चाँदनी नगरपालिका स्थायी बसोबार भएर हाल भीमदत्त नगरपालिका ६ ऐठपुरमा बस्दै आएका विष्ट नागार्जुन बिल्डर्सका सञ्चाालक हनु् ।

,orning glory badhai
dirghayi clinic

विष्टले निर्माण व्यवसायसंगै विभिन्न सामाजिक संघ संस्था र वन संरक्षण समूहमा पनि काम गरेका छन् । उनी २०६१ मा शुक्लाफाँटा वन्यजन्तु आरक्ष अन्तर्गत तत्कालीन चाँदनी गाविसबाट हिमालय उपभोक्ता समितिको सचिवका रूपमा पाँच वर्ष सेवा गरे। २०६२÷०६३ सालको जनआन्दोलनमा तत्कालीन चाँदनी गाविसबाट जनआन्दोलन परिचालन समितिको सह–संयोजक रहँदै सक्रिय भूमिका खेलेका उनले सोही क्रममा प्रहरीको कुटाइबाट घाइते समेत भएका थिए ।

त्यस्तै, २०७३ सालमा भानु बहुमुखी क्याम्पसद्वारा सञ्चालित धनधान्याञ्चल ज्ञान महायज्ञको उपाध्यक्षका रूपमा तथा सोही क्याम्पस निर्माण समितिको अध्यक्षका रूपमा भौतिक संरचना निर्माणमा नेतृत्व दिएका थिए। सोही वर्षदेखि उनले नागार्जुन बिल्डर्सको व्यवस्थापन सम्हाल्दै आएका छन् ।

बिष्टको निर्माण क्षेत्रमा गरेको योगदानलाई भीमदत्त नगरपालिका–५ कार्यालयले समेत सम्मान गरेको छ। नगरपालिकाले सडक विस्तार कार्य गुणस्तरीय र समयमा सम्पन्न गरेको भन्दै उनलाई प्रशंसा पत्र प्रदान गरेको थियो।

दोधारा चाँदनी खबरबाट साभार

Himal dental
सम्बन्धित
Loading...