ghar sansar

भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भट्टको निधन, भीमदत्तमा भोलि शोक बिदा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा अधिकृत पुष्कर प्रसाद भट्टको निधन भएको छ । भट्टको बिहीवार भारतको राममुर्ती अस्पताल भोजपुरामा उपचारका क्रममा मृत्यु भएको हो । विगत केही वर्षयता महुमेह र पेटसम्बन्धि बिरामी रहेका भट्ट उपचारका लागि बरेली गएका थिए ।

dirghayi clinic

यसैबीच उपचारका क्रममा ज्यान गुमाएपछी भीमदत्त नगरपालिकाले शुक्रबार पालिकामा शोक विदा दिएको छ ।

नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले सूचना जारी गर्दै कार्तिक २१ गतेका दिन पालिका सहित वडा कार्यालय तथा मातहतका सेवा केन्द्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी शोक बिदा दिएको बताए ।
भट्टको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना सहित शोक सन्ततप्त परिवारजन प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
भट्टले तीन वर्ष भीमदत्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेर जिम्मेवारी बहन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...